काठमाडौं, २५ कात्तिक । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख कर्णले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयता शपथ ग्रहण गरेका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुख कर्णलाई पद तथा गोपनीयता शपथ गराएका हुन्। यसअघि राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका थिए।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले भण्डारीलाई पदमुक्त गर्न र प्रदेश प्रमुखमा कर्णलाई नियुक्तिका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। साभार : अन्नपूर्ण पोष्ट



















