नरेश गुप्ता,

बरियारपुर,सिम्रौनगढ नगरपालिकाको नगर परिषद बैठकमा कोरम पुर्याउन किर्ते हस्ताक्षर गर्ने विरुद्ध परेको मुद्दामा कारबाही अगाडि नबढाएको भन्दै आइतवार जिल्ला सरकारी वकील कार्यलय बारा कलैयामा धर्ना र प्रदर्शन गरिएको छ ।

राष्ट्रिय जनता समाजवादी पार्टी नगर कमिटी सिम्रौनगढले किर्ते हस्ताक्षरमा संलग्न नगर प्रमुख बिजयशंकर यादव, तत्कालीन कार्यालय प्रमुख हरिओम साह, लेखापाल सर्वेन्द्र चौधरीमाथि कारबाही अगाडि बढाउन स्थानीयबासीले कलैयामा प्रदर्शन गरेका हुन । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट चार जनाको किर्ते हस्ताक्षर पुष्टि भइ राय सहितको प्रतिवेदन जिल्ला प्रहरी कार्यलय बारामार्फत सरकारी वकील कार्यलयमा किर्ते मुद्दामा कारबाही अगाडि बढाउन सकल फाइल पठाइएको भएपनि कारबाही प्रक्रिया अगाडि नबढाइएपछि प्रदर्शन र धर्ना गर्नु परेको सिम्रौनगढ नगर कार्यपालिका सद्स्य प्रमानन्द मुखियाले बताउनुभयो ।

राष्ट्रिय जनता समाजवादी पार्टी सिम्रौनगढ नगर कमिटीका अध्यक्ष किशोरी साह कानुको अगुवाइमा भएको विरोध प्रर्दशन कलैया बजार परिक्रमा गरि सरकारी वकील कार्यलय अगाडि पुगेर धर्नामा बसेको थियो ।

किर्ते हस्ताक्षर प्रकरणमा पक्राउ परेका कार्यलय प्रमुख हरिओम जैसवाल र लेखापाल सर्वेन्द्र चौधरीलाई सरकारी वकील कार्यलयले त्यतिबेला धरौटीमा छाडेको थियो । यता, जिल्ला सरकारी वकील कार्यालय बाराका न्यायधिवक्ता जुद्धबहादुर आलेले किर्ते हस्ताक्षर मुद्दामा उच्च अदालत वीरगन्जको राय निर्देशन अनुसार आफूहरुले प्रकृया अगाडि बढाउने प्रतिक्रिया दिनुभयो । सिम्रौनगढ नगरपालिकको २०७७ असार ८ गतेको नगर परिषद् संचालनमा गणपुरक संख्या पुर्याउन कार्यपालिका सद्स्य कपिलदेव साह, श्रीपती दुसादिन, रम्भा देबी पटेललगायत चार जनाको हस्ताक्षर गरिएको पुष्टि भएपछि उनीहरु विरुद्ध किर्ते हस्ताक्षर मुद्दामा कारबाहीको लागि जिल्ला प्रहरी कार्यलय बारामा जाहेरी दर्ता गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here