नवीन चौधरी

वीरगन्ज,वीरगन्जमा अवस्थित थारु छात्राबासका युवाहरुले रिसर्च कोट्याड नामक संस्था संचालनमा ल्याएका छन । छात्राबासमा बस्ने विभिन्न जिल्लाका युवाहरु संघठित भइ संस्था संचालनमा ल्याएका हुन् ।

विद्यालय तहदेखि क्याम्पससम्मका बिषयवस्तुमा आधारित भएर अनुसन्धान गर्ने र विभिन्न किसिमका लेख, रचनाहरु प्रकाशन गर्ने उदेश्यले बिहीवार छात्राबास मै कार्यालय रहने गरि संस्थाको विधिवत रुपले उद्घाटन गरिएको हो ।

कार्यसमितिको कार्यकारी निर्देशकमा प्रेमशंकर चौधरी, अनुसन्धान निर्देशकमा निरज चौधरी, सम्पादकमा धर्मेन्द्र चौधरी, दिनेश चौधरी कार्यक्रम संयोजकमा र बित्त प्रमुखमा राजकिशोर राउत, कानुनी सल्लाहकारमा नागेश्वर चौधरी रहनुभएको छ ।

संस्था उद्घाटन कार्यक्रममा रामसुन्दर चौधरी, इन्द्रदेव साह, रामपुकार राउत, प्रवीण चौधरी लागायत विभिन्न विद्यालयका प्रमुख, संचालक तथा प्रतिनिधिको साथै विद्यार्थीहरु सन्जय चौधरी, बलिराम चौधरी, सोनम चौधरी , प्रियान्का चौधरी, मनोरमा चौधरी, चन्द्रकला चौधरी र बारा जिल्लाको बारागढी गाउँपालिकाकी शिक्षा अधिकृत जलमती चौधरी र सन्चारकर्मीहरुको उपस्थिति रहेको संस्थाका सदस्य बलिराम चौधरीले जानकारी दिनुभयो ।

Leave a Reply