काठमाण्डौं,नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्ध प्रधानमन्त्री पद र सत्ताका लागि मात्रै भएको आरोप लगाउनुभएको छ ।मंगलवार काठमाडौँमा आयोजित मानवअधिकार रक्षकहरूको चौंथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्ला गतिविधि हेर्दा जनयुद्ध सत्ता र प्रधानमन्त्री बन्नका लागि मात्रै भएको स्पष्ट हुने बताउनुभयो । उहाँले राज्य जोगाउने नाउँमा वा जनयुद्ध चलाएर सत्ता कब्जा गर्ने नाउँमा मात्रै जनयुद्ध भएको बताउनुभयो । उहाँले सत्ता र प्रधानमन्त्रीका लागि १७ हजार मानिस मर्नुपर्ने ? भन्दै प्रश्न गर्नुभयो ।

ओलीले जनताले आवाज राख्न र संगठित हुन पाउने अधिकार उक्त बेला पनि रहेको भन्दै जनयुद्धको औचित्य नरहेको जिकिर गर्नुभयो । उहाँले हिंसा किन गरेको थियो भन्ने कुरा हालसम्म पनि पुष्टि गर्न नसकेको बताउनुभयो । उहाँले युद्धका पीडितहरूले हालसम्म पनि न्याय नपाउनु दुःखद भएको पनि बताउनुभयो । ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालप्रति लक्षित गर्दै टाउकामा बम हान्ने र टाउकाको मूल्य तोक्नेहरू सँगै सरकारमा रहेको बेला किन शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन नसकेको भन्दै प्रश्न गर्नुभयो । अध्यक्ष ओलीले नेकपा एमालेको नीति राजनीतिक हितहरूका लागि मात्रै रहेको दावी पनि गर्नभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here