वीरगन्ज,वीरगन्ज महानगरपालिकाले तत्काल कोरोना विरुद्धको एक लाख डोज खोप उपलब्ध गराइदिन संघीय सरकारसंग माग गरेको छ । वीरगन्ज महानगरका नगर प्रमुख बिजयकुमार सरावगीले बुधबार स्वास्थ्य मंन्त्रालयलाई पत्र लेखेर वीरगन्ज महानगरपालिकाका नगरवासीका लागि एक लाख डोज खोप उपलब्ध गराइदिन आग्रह गर्नुभएको हो । वीरगन्ज भारतीय सीमासँग खुल्लारुपमा जोडिएको संवेदनशील शहर भएको तथा कोरोनाको पहिलो र दोश्रो लहरमा यहाँका नागरिकहरुले निकै संघर्ष गर्नु परेकाले पनि वीरगन्ज महानगरवासीलाई खोप लगाउन अति आवश्यक रहेको नगर प्रमुख सरावगीले लेख्नु भएको पत्रमा उल्लेख छ ।

राजश्व असुलीमा समेत महत्वपूर्ण योगदान दिँदै आएको वीरगन्ज शहरका नागरिकहरुले खोप पाउनु अधिकार भएको नगरप्रमुख सरावगीको भनाइ छ । वीरगन्ज महानगरपालिका आफैले कोरोना बिरुद्धकोखोप खरिद गर्न चाहेको भएप्नि प्रकृयागत रुपमा नमिल्ने कुरा आएकाले अब स्वास्थ्य मन्त्रालयले नै खोप उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको नगर प्रमुख सरावगीको ठहर छ ।

Leave a Reply