सिमराः मधेश क्रिकेट लिगमा बाराले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । वीरगञ्ज र कलैयामा जारी प्रतियोगिता अन्तर्गत शनीवार पाचौं खेलमा जित निकाल्दै बाराले अपराजित यात्रा कायम राखेको हो ।

प्रतियोगितामा पाँच खेल खेलेको बाराले चार खेलमा जित र एक खेल बराबरीको नतिजा निकालेको छ । सप्तरी, सर्लाही, सिरहा र रौतहटलाई पराजित गर्दा बाराले धनुषासंगको खेलमा भने अंक बाँडेको थियो । उक्त खेल वर्षाले बिथोलिन पुगेपछि अंक बाँडिएको थियो ।

मधेशको आठ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा हालसम्म अपराजित रहने बारामात्रै एउटा टिम हो । चार जित र एक बराबरीका साथ ९ अंक बटुल्दै बारा अंकतालिकाको शीर्ष स्थानमा छ ।समान पाँच खेलेको धनुषा दोस्रो स्थानमा छ । पाँच खेलमा सात अंक बटुलेको धनुषाले तीन जित, एक हार र एक बराबरी खेलेको थियो । तेस्रो स्थानमा रहेको सप्तरीको पनि सात अंक छ । सप्तरीले पनि तीन जित, एक हार र एक बराबरी खेलेको छ ।

दुई जित, दुई हार र एक बराबरीका साथ रौतहट चौथो स्थानमा छ भने सोही नतिजाका साथ पर्साका पाचौं स्थानमा छ । रौतहट र पर्साले समान पाँच अंक बटुलेका छन् । तालिकाको छैठौं स्थानमा महोत्तरी छ । चार अंक बटुलेको महोत्तरीले दुई खेलमा जित र तीन खेलमा हार व्यहोरेको छ ।सिरहा तीन अंकका सात सातौं स्थानमा छ । सिरहाले एक खेलमा जित, तीन खेलमा हार र एक खेल बराबरी खेलेको थियो । हालसम्म खेलेको सबै खेलमा हार व्यहोर्दै अंकविहिन रहेको सर्लाही अंकतालिकाको पुछारमा छ ।

Leave a Reply