निजगढ,विवादका कारण रोकिएको निजगढस्थित गौरीशंकर क्याम्पस व्यवस्थापन समितिको निर्वाचन यहि भाद्र २२ गते हुने भएको छ ।समितिको चुनाव गर्न भनेर गठन भएको निर्वाचन मण्डलले भाद्र २१ र २२ गतेको लागि तय गरेको निर्वाचन मण्डलका सदस्य एवंम क्याम्पस प्रमुख रामप्रसाद गौतमले जानकारी दिनुभयो ।क्याम्पस प्रमुख गौतमकाअनुसार भाद्र २१ गते मतदाता नामावली प्रकाशन, उम्मेद्वारी दर्ता, उम्मेदवारको नामावली प्रकाशन तथा दाबी विरोध दर्ता गर्ने मिति निर्धारण गरिएको छ र २२ गते व्यवस्थापन समितिको लागि मतदान हुने कार्यक्रम रहेको छ ।नेपाली कांग्रेससहित स्थानीय ५ राजनीतिक दलका प्रतिनिधिहरुको मागअनुसार जिल्ला प्रशासन कार्यालय बाराले सभा स्थगित गर्न भनेर पत्राचार गरेपछि क्याम्पस संचालक समितिले गत जेष्ठ ३ गतेको लागि तय गरेको क्याम्पस सभा तथा नयाँ व्यवस्थापन समिति चयन गर्ने कार्यक्रम अन्तिम समयमा आएर रोकिएको थियो ।जिल्ला प्रशासन कार्यालय बाराको सभा रोक्ने पत्र विरुद्ध क्याम्पस सभाका सदस्य मानबहादुर श्रेष्ठ र मनोज भारतीले उच्च अदालत जनकपुरधाम अस्थायी इजलास वीरगन्जमा हालेको रिट तामेलीमा गएपछि क्याम्पस सभाको बाटो खुलेको हो ।निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीको रोहबरमा दुबै पक्ष क्याम्पस सभा गर्न सहमत भएको सभाका सदस्य श्रेष्ठ र भारतीले फिर्ता लिएपछि मुद्दा तामेलीमा गएको होे । निर्वाचनबाट १ जना अध्यक्षसहित ५ जना सदस्य चयन हुने व्यवस्थापन समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply