भदौको महीना । दोस्रो हप्तातिर हुनुपर्छ । चारैतिर हरियाली । पहाडको ठाउँ । खोलानाला बढिरहेका थिए भने साना खोल्साहरूले पनि बाटो छेक्दै थिए । गोरखा जिल्लाको तत्कालीन हंसपुर गाविस ९हालको अजिरकोट गाउँपालिका(३० मा एउटा विद्यालय छ( जुन अहिले पनि छ । तत्कालीन ज्ञानज्योति मावि अहिले उच्च मावि भइसकेको छ ।
गाउँको अलि उँचाइमा पर्छ विद्यालय । त्यसलाई स्थानीय घलटाकुरा पनि भन्छन् । म लगभग त्यही विद्यालयमा पढें । करीब दश वर्षको पढाइ मेरो त्यही विद्यालयमा भयो । कखरादेखि मावि तहसम्मको शिक्षा त्यहींबाट लिएँ ।

सुन्दर छ विद्यालय अनि भूगोल पनि तर राजनीति लागेपछि सबै कुरा कुरुप लाग्छ । कुरा २०५६ सालको हो । समय त मैले उल्लेख गरिसकें नै, यही भदौतिरको । म कक्षा दशमा पढ्थें त्यो ताका । गाउँको पढाइ ढिलै गरी शुरू भएकाले मेरो केही उमेर ढल्किए पनि म फेल भएको थिइनँ । पढाइमा मध्यम थिएँ । कुनैमा राम्रो जान्ने कुनैमा मध्यम । करीब दुई बजेको हुँदो हो । विद्यालयले दिने हाफ छुट्टीपछिको समय भने पनि पाँचौं पिरियडको समय । शिक्षक आएका थिएनन् त्यो दिन । शायद योजना पनि थियो होला । खाली पिरियड । म साथीहरूसँगै बाहिर टहलिंदै थिएँ ।

‘तँ माओवादी होस् भनेर कसैले उजुरी दिएकोले प्रहरी खोज्न आएको छ । घरमा पनि छिर्‍यो । बन्दूक खोज्ने भन्दै घर भत्काइदियो । मलाई र आमालाई पनि पिट्यो । प्रहरी अलि तल छ । मलाई तँलाई खबर गर् भनेर माथि पठाएका हुन्’, बुवाले एकै सासमा भन्नुभयो
विद्यालयको पल्लोपट्ट िछेउमा मैले बुवा आएको देखें । विद्यालयबाट मेरो घर करीब आधा घण्टाको दूरीमा छ । विद्यालयमा बुवाको काम थिएन । किनभने सबै विद्यालयको काम म आफैंले गर्न सक्थें । मैले गल्ती पनि गरेको थिइनँ । त्यसैले बुवाले सरहरूलाई कुरा लगाउने कुरा पनि थिएन । त्यसैले विद्यालयमा बुवासँग मेरो कुनै काम थिएन । उहाँले बोलाउनुभयो । म उहाँको नजिक गएँ । मसँग मेरो मिल्ने साथी पनि सँगै थिए ।

बुवाले सीधै भन्नुभयो( ‘तँलाई खोज्न प्रहरी आएको छ ।’म छाँगाबाट खसे जसरी झसङ्ग भएँ । ‘मलाई खोज्न प्रहरी ‘ किन रु’ सोधें ।‘तँ माओवादी होस् भनेर कसैले उजुरी दिएकोले खोज्न आएको छ प्रहरी । घरमा पनि छिर्‍यो । बन्दूक खोज्ने भन्दै घर भत्काइदियो । मलाई र आमालाई पनि पिट्यो । प्रहरी अलि तल छ । मलाई तँलाई खबर गर् भनेर माथि पठाएका हुन्’, बुवाले एकै सासमा भन्नुभयो ।बुवा अलि तल प्रहरी थियो, त्यतै जानुभयो । अब छैटौं पिरियड शुरू भयो । मेरो मनमा ठूलो प्रश्न उब्जियो( ‘म कसरी माओवादी भएँ रु विद्यालयमा पढ्दै गरेको मान्छे रु’ जवाफ थिएन ।

हेर्दाहेर्दै विद्यालयलाई पूरै प्रहरीले घेरामा हाल्यो । शिक्षक बस्ने अफिसमा प्रहरीका उच्च अधिकारी छिरे । त्यतिबेला विद्यालयमा लगभग सबै कांग्रेस समर्थक शिक्षक थिए । तैपनि प्रहरीले शिक्षकहरूलाई गाली गरेछ तर विद्यालयका केही शिक्षककै योजनामा प्रहरी आएकाले जसले उजुरी गरेका थिए उनले भने थाहा नपाएको नाटक मात्रै गर्दै थिए ।

सातौं घण्टी सकियो । हातले बुनेको अलि मैलो झोला थियो । म विद्यालयको ड्रेसमा नै थिएँ । करीब एक हजार ६०० जति विद्यार्थी त्यतिबेला त्यो विद्यालयमा पढ्थे । बिदा भएपछि म घर जाने मेरो बाटोबाट लम्कन थालें । विद्यालयमा खैलाबैला भयो । मलाई समात्न प्रहरी आएको कुरा हल्ला भयो । सबैले थाहा पाए कि म पक्राउ पर्दैछु भनेर ।

एक मनमा त ‘यत्तिका मान्छेको अगाडि प्रहरीले समात्दैछ, मार्दैन होला’ भन्ने लागेको थियो भने अर्को मनले बाँच्ने आशा कमै देख्न थालें । अलि तल खाल्डो जस्तो ठाउँमा पुगेपछि जौवारीका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक दीनानाथ मैनालीको करीब डेढ सय जनाको टोलीले मलाई पक्राउ गर्‍यो । मैले त्यतिबेला दाह्री पालेको थिएँ । उनीहरूले ‘बाबुराम भट्टराई पो हो कि क्या हो’ भन्दै गाली गर्न थाले ।

खाल्डो भए पनि बाटो थियो त्यो । सबै शिक्षक र विद्यार्थी एक(एक गरेर गएपछि मलाई बुवासहित पुनः विद्यालयमा फर्काइयो । मैले एक वर्ष अगाडि अथवा कक्षा नौमा पढेको कक्षा कोठामा लगेर कुट्दै हतियार तथा माओवादीको विषयमा मसँग जानकारी लिने प्रयास भयो ।मसँग हतियार पनि थिएन अनि माओवादीको बारेमा खास जानकारी पनि थिएन । किनभने माओवादी त एक ठाउँमा बस्ने थिएनन् । त्यतिबेला मलाई चैं मेरै भान्दाइ श्रीनाथ अधिकारी र बाबुराम भट्टराई लगायत नेताको बारेमा सोधेर प्रहरीले पिटेको थियो । करीब तीन घण्टा निर्घात कुटेपछि मलाई भच्चेक प्रहरी चौकी लैजाने कुरा भयो । भच्चेक प्रहरी चौकी त्यहाँबाट पैदल डेढ घण्टाको बाटोमा पर्दथ्यो । मलाई विद्यालयको कक्षा कोठामा यातना दिंदै गर्दा बुवालाई बाहिर राखिएको थियो ।

अब चौकी लैजाने तयारी भएपछि प्रहरीले बुवालाई ‘घर जा’ भन्यो । बुवा रुँदै घर र्फकनुभयो, म पनि रोएँ । बाटोमा हिंड्दै गर्दा ठूलो पानी पर्‍यो । मसँग ओढ्ने केही थिएन । प्रहरीहरूले बर्साती ओढे । म भिजें । बीच बाटोमा घोइनी भन्ने स्थान छ । त्यहाँ नाताले मामा पर्ने तुलसी अधिकारीको पसल थियो । उहाँले म भिजेको देखेर मनमनै धेरै नमज्जा मान्नुभयो तर त्यतिबेला अधिकारीले मसँग चिनजान भएको व्यवहार गर्न सक्ने अवस्था नै थिएन । मेरो मुखमा हेर्नुभयो तर बोल्न सक्नुभएन ।

प्रहरीले मलाई चिया दे भनेपछि एकदमै खुशी भएर उहाँले चिया दिनुभयो । किनभने उहाँ खुङ्खार कम्युनिष्ट हुनुहुन्थ्यो । शायद नाताले भान्जा भए पनि नचिनेको जस्तो गर्नुपर्दा तुलसी मामाको मन आज पनि पोल्छ भन्ने सुनेको छु ।

राति ९ बजे चौकी लगेपछि फेरि कुटाइ शुरू भयो । उनीहरूले रक्सी खाएका थिए । रक्सीको सुरमा कुट्नुसम्म कुटे । मसँग खास कुरा केही थिएन किनभने म विद्यार्थी थिएँ सामान्य कृषकको छोरा । खाना चाहिं खान दिए राति । राति भान्सेसँग सुत्ने व्यवस्था मिलाए । तर, भान्से म माओवादी भएको भन्दै सँगै सुत्न मानेन । अन्ततः भोलिपल्ट बिहान पुनः तारेखमा आउने शर्तमा बुवा र अर्का एकजना दाइलाई साक्षी राखेर माओवादीमा नलाग्ने शर्तमा छाडियो ।

म अलि ढिला विद्यालय गएँ, त्यहाँ खैलाबैला थियो । तर मलाई खोज्ने वा मेरो गिरफ्तारीका विषयमा विद्यालय मौन थियो । स्कूल हाताभित्र आफ्नै विद्यार्थी समातिंदा नबोल्ने मेरा कथित गुुरुहरू म झल्झली सम्झँदैछु । साभारः अनलाइनखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here