आरके राजन
सिम्रौनगढ,कर्मचारीमाथि दुव्र्यवहार गर्ने उपप्रमुख नजुम शेखलाई कारबाहीको माग गर्दै कार्यालयको सेवा अवरुद्ध पार्दैआएका सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरूले आज सिम्रौनगढ बजारमा जुलुस प्रदर्शन गरेका छन ।

कर्मचारीहरुको संघर्ष समितिको आह्वानमा भएको प्रदर्शन सिम्रौनगढ बजार पारिक्रमापछि नगरपालिकको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो । आफूहरुको माग सुनुवाइ नभएको भन्दै आन्दोलनको थप कार्यक्रम अगाडि बढाउनुपरेको कर्मचारीहरुले जनाएका छन ।सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरामाथि दुव्र्यवहार भएको घटनापछि कर्मचारीहरूले नगरपालिकामा विद्यालय बाहेक सबै सेवा अनिश्चितकालीन रूपमा बन्द गर्दैआएका छन ।

कर्मचारीहरूका अनुसार सोमबार नगर उपप्रमुख नजमु शेहरले कार्यालय परिसरभित्रै प्रमुख प्रशासकीय अधिकृत लहेरामाथि दुव्र्यववहार गरेपछि कार्यस्थल असुरक्षित बनेको ठहर गर्दै कर्मचारीहरुले कार्यालयको सेवा ठप्प पारेर आन्दोलनमा गर्दैआएका हुन । घटनाको छानबिन र कानुनी कारबाहीका लागि दबाब दिने उद्देश्यले नगरपालिका अन्तर्गतका कर्मचारीहरूले जिन्सी शाखा प्रमुख सुरेशप्रसाद यादवको संयोजकत्वमा ३१ सदस्यीय कर्मचारी संघर्ष समिति गठन गरिएको छ ।समितिले जिल्ला प्रशासन कार्यालय बारा तथा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउने तयारी समेत गरेको जनाएको छ ।

Leave a Reply