डुमरवाना,सिमरा कलेज प्रमुख तथा समाजसेवी शालिकराम अधिकारीले आफनो जन्मदिनको अवसरमा बालबालिकालाई स्कुल पोषाक र शैक्षिक सामग्री वितरण गर्नुभएको छ । क्याम्पस प्रमुख अधिकारीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० स्थित बिक्रम आधारभूत विद्यालयमा अध्ययनरत ६३ जना गरिब तथा दलित परिवारका बालबालिकालाई शैक्षिक सामग्री तथा पोषाक वितरण गर्नुभएको हो ।
कार्यक्रममा क्याम्पस प्रमुख अधिकारीलाई विद्यालयकोतर्फबाट प्रधानाध्यापक हेमन्त शर्माले दोसल्ला ओडाएर संम्मान गर्नुभएको थियो ।
अधिकारीले हरेक वर्ष आफनो जन्मदिनको अवसरमा बिपन्न तथा गरिब, अनाथ र असाहयहरुलाई सहयोग गर्दै आउनु भएको छ । सहयोग वितरण कार्यक्रममा विद्यालयका प्रअ शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नजिन खान, शिक्षकहरु लक्की रिमाल, धनन्जय थोकर, संगालो बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुकोसमेत उपस्थित रहेको थियो ।