नरेश गुप्ता

बरियारपुर,साउन महीनाको अन्तिम सोमबार बिहानैदेखि बारा जिल्लाका विभिन्न शिवालयहरुमा भक्तजनको भिड लागेको छ । बारा जिल्ला सदरमुकाम कलैयास्थित सिद्वेश्वर महादेव, बेलपाती मन्दिर, महागढीमाई नगरपालिका वडा नम्बर १ को शिवपार्वती मन्दिर, मझरियास्थित महादेव स्थान, काँटघाटको सहजनाथ मन्दिर, सिम्रौनगढको कंकाली मन्दिर, रानीबाँस मन्दिर, निजगढको पर्वतनाथ महादेब मन्दिरलगायतका शिवालयहरुमा भक्तजनहरुको भिड लागेको थियो ।

भक्तजनहरु बिहान सबेरै नुहाएर भगवान शिवलाई जल, बेलपत्र अर्पण गर्न शिवालयहरुमा पुगेका थिए । भगवान् शिवलाई शम्भु, शंकर, भोले, महादेव आदि नामले पुकारिन्छ । कुमारीहरुले पनि बिहानैदेखि नै ब्रत बसी शिवको पुजापाठ गरेका छन । कुमारी महिलाहरुले राम्रो बर पाउन र परिवारको सुख, शान्तिको लागि भक्तजनहरु शिवको अराधना र पुजापाठ गर्ने गरेका हुन ।

कोरोना महामारीको उच्च जोखिम रहेको भएपनि भक्तजनहरुको शिवालयमा बिहानैदेखि भिडभाड लागेको थियो । बाराको सहजनाथ मन्दिरमा अत्याधिक भिड बढेपछि शान्ति सुरक्षाको लागि नेपाल प्रहरीलाई खटाइएको थियो । सहजनाथमा बारा जिल्ला सहित पर्सा, रौतहट र सर्लाही जिल्लाका विभिन्न स्थानबाट भक्तहरु जल चढाउन आउने गरेका छन । सर्लाहीको बागमति नदीको जल बोकेर बोलबम भक्तजनले काँटघाटस्थि मन्दिरमा पुगेर चढाउने गरेका हुन ।

Leave a Reply