सिमरा,नेकपा एमाले निकट युवा संघ नेपाल जीतपुरसिमरा उपमहानगर स्तरीय भेला सिमरामा सोमबार सम्पन्न भएको छ । भेलालाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रीय सचिव मोविन आलमले समृद्ध नेपाल र सुखी नेपालीको नारालाई साकार पार्ने दायित्व युवाहरुको काधमा रहेको बताउनुभयो । वर्तमान सरकार विकासको गतिमा अघि बढिरहेको अवस्थामा त्यसको विरोध गर्नुको कुनै औचित्य नभएको भन्दै आलमले त्यस्ता टिकाटिप्पणी चिरेर अघि बढ्ने भूमिकामा समेत युवाहरु अघि बढ्नुपर्ने बताउनुभयो । भेलामा बोल्दै युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य एवम् बारा अध्यक्ष पुरुषोत्तम साहले विकासप्रेमी सरकारले गरेको कामलाई जनतामाझ लैजान जरुरी रहेको बताउनुभयो । केपी ओली नेतृत्वको सरकारले देशलाई समृद्धिको बाटोमा अघि बढाउदा विरोधीहरु आत्तिनु स्वभाविक रहेको भन्दै साहले सरकारको अभियानमा युवाहरु समेत जिम्मेवार भएर अग्रसर हुनुपर्ने बताउनुभयो । साहले बैशाख १४ गते शहरी विकास मन्त्री प्रभु साह र युवा संघका केन्द्रीय अध्यक्ष महेश बस्नेतको उपस्थितिमा हुने जिल्ला भेला सफल पार्न युवाहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय सदस्य अशोक तिवारी, अनेरस्ववियु केन्द्रीय सचिवालय सदस्य त्रिलोक विक्रम शाह, मुस्लिम ईत्तेहाद संगठन केन्द्रीय सचिवालय सदस्य राज महमद, एमाले जिल्ला कमिटी सदस्य ताराबहादुर कार्की, मजदुर नेता विदुर घिमिरे, युवा नेता राजेन्द्र गौतमलगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा युवा नेता आरिफ हुसेन, जीतपुरसिमरा २३ का वडाअध्यक्ष इलियास देवान, एमाले नेता कासिम हुसेन, किशोर त्रिपाठीलगायत एक सय भन्दा बढी युवा तथा अगुवा कार्यकर्ताको उपस्थिति रहेको थियो । युवा संघ जीतपुरसिमरा नगर कमिटी अध्यक्ष गौरव नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रत्न उप्रेतीले गर्नुभएको थियो । कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य हिरा बस्नेतले स्वागत मन्तब्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here