कृष्णउदास खनाल
गोरखा(भच्चेक), मंसिर ४गते अउन करिब एक साता बाँकी रहदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) उम्मेदार रहनु भएको गोरखा २ मा माओवादी काँग्रेसका गठबन्धनका उम्मेदवार आक्रामक बनेका छन् । प्रचण्ड देशका बिभिन्न भागमा जानुपर्ने भएकाले उहाँको समेत प्रतिनिधित्व हुने गरी गोरखा २ खमा नेपाली काँग्रसका तर्फबाट गठबन्धनको साझा उम्मेदार बन्नु भएका सुरेन्द्र पाँण्डेले प्रचारलाई तीब्र पार्नु भएको हो । प्रचारको समय घर्किदै गर्दा पाँण्डेले प्रचण्ड सहितको प्रचारमा तीब्रता दिनु भएको हो । यसैक्रममा शनिबार अजिरकोट गाउँपालिकाको वडा नम्बर १,२,३,४ लगायतका बिभिन्न ठाउँमा घरदैलो तथा चुनावी कार्यक्रमलाई गठबन्धनले तीब्र बनाएको हो । शनिबार अजिरकोट गाउँपालिकाको वडा नम्बर ३ हिडीटारमा आयोजित घरदैलो तथा कोण सभामा बोल्दै पाँण्डेले गठबन्धन समयको माग भएकाले अब काँग्रेसका मतदाताले हसिया हतौडामा र माओवादीले रुखमा मत दिन आनाकानी गर्नुपर्ने ठाउँ नरहेको बताउनुभयो । केपी ओलीले संबिधान नै ध्वस्त बनाउन लागेका कारण यो गठबन्धन भएकाले गठबन्धन चुनावपछि पनि रहने बताउनुभयो । यस्तै,सोही वडाको बुद्धसिंह स्थित देउरालीमा आयोजित सभालाई पनि संबोधन गर्दै पाँण्डेले प्रचण्ड र आफू दुबैजना बिजयी भएपछि यस क्षेत्रको बाटो स्तर उन्नती पहिलो कार्य हुने बताउनुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता लेखानाथ न्यौपानले अहिलेका लागि माओवादीका मतदाताले रुखमा र काँग्रेसले हसिया हतौडामा मत दिएपनि यो संधै नहुने भएकाले यसपाली निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । उहाँले काँग्रेस र माओवादीको गठबन्धन समयको आवश्यकता भएकाले यो आवश्यक रहेको बताउनुभयो । नेपाल समाजवादी पार्टीका रमेश पोखरेलले गठबन्धनको उम्मेदवार जिताउनु सबैको दायित्व भएको बताउनुभयो । अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाको सहजिकरणमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अनिता भुजेल,वडा नम्बर ३ का वडा अध्यक्ष बावुराम अधिकारी सहित माओवादी,काँग्रेसका नेता कार्यकर्ताहरुको उपस्थिति थियो ।
बेपत्ता परिवारसंग पाँण्डेको भेट
२०५८ साल मंसिर १६ गते तत्कालिन शाही सेनाले कथित माओवादीको आरोपमा घरबाट नै पक्राउ गरी बेपत्ता बनाइएका अजिरकोट ३ डिहीटारका बेपत्ता चन्द्रप्रसाद खनालकी धर्मपत्नी पित्तकुमारी खनाल सहित खनाल परिवारसंग प्रदेश सभाका उम्मेदवार पाँण्डेले भेट गर्नु भएको छ । बेपत्ता परिवारका तर्फ प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य समेत रहनु भएका कृष्णउदास खनालले आफ्ना कुरा राख्दै आफ्ना अभिभावकहरुको जहाँबाट बेपत्ता बनाइएको हो,सोही स्थानमा शहिद पार्क बनाउनु पर्नेमा जोड दिनु भएको थियो । सोक्रममा नेता पाँण्डेले सबै अजिरकोटका शहिदहरुको स्मृति पार्क बनाउने बिषयमा प्रकृया अगाडि बढेको र आफू बिजयी भएपछि यसलाई महत्वका साथ लिने बताउनुभयो । सो क्रममा खनाल परिवारले हंसपुरबाट खनाल सहित भरत अधिकारी,माधव अधिकारी र बुद्धिबल बिकलाई बेपत्ता बनाएको बिषयमा पनि पाँण्डेलाई जानकारी गराएको थियो ।