जे देखियो त्यही लेखियो

जियालाल चौधरी
बारा – आफूलाई पत्रकारको नेता ठान्ने नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव गुरु गौतमले आफैले गरेको निर्णय विपरित आफै लागेपछि अहिले विवादित बन्दै गएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सचिव गौतम बारामा मात्र नभई प्रदेश तथा संघिय कार्यालयमा समेत विवादित रुपमा भएको जानकारी प्राप्त भएका छन् ।

नेपाल पत्रकार महासंघको देश भरिनै यहि चैत्रमा प्रत्यक्ष प्रणालीमा निर्वाचन हुन गईरहेको छ । यसै सन्दर्भमा बारामा पनि निर्वाचनको कारण बिभिन्न बिषय बस्तु उढदै आएको छ । यसै बिषयमा मैले पनि आफुले प्रत्यक्ष देखेको घटनालाई लिपिबद्ध गरी सबैलाई जानकारी गराउन चाहेको हो । मैले यसै गरी लेख्दा कुनै पुर्बाग्रह वा कसैलाई होच्याउन चाहेको होईन तर हामी आफुलाई समाजको सचेत वर्गमा गणना गरिरहेको अवस्थामा आफूभित्रका कमिकमजोरीलाई पनि आफैले औंल्याउनु आवश्यक छ । तशर्थ मैले आफूले प्रत्यक्षरुपमा देखेको र भोगेका नेपाल पत्रकार महासंघसँग सम्बन्धीत विषयवस्तुहरु प्रस्तुती गरेको छु ।
विषय बस्तु :
नेपाल पत्रकार महासंघ बारा शाखामा कायम रहेका सदस्यहरु १६२ जना मध्ये प्रेस संगठन निकट सदस्यहरुको बाहुल्य रहेको छ । प्रदेशको निर्वाचन सकिएको केही दिन पछि प्रदेश सचिव गुरु गौतम, प्रेस युनियन बाराका संस्थापक रेशम तिवारी, प्रेस युनियन बाराका उपाध्यक्ष बसन्त खतिवडा युनियनको निवर्तमान अध्यक्ष एवं हाल महासंघ बारा शाखाका सचिव गणेश रिजालले सदस्यता शुद्धिकरणमा दबाव दिए र अध्यक्षको हैसियतले कमल कुमार उपाध्यायले वार्ता गरी २०७७।४।२९ गते सहमति गरे । १६२ सदस्यहरु मध्ये ११३ जनाको मात्र सदस्यता सिफारिश गर्ने निर्णय गरिएको थियो । प्रेस युनियन आवद्ध जिल्लाका अगुवा सञ्चारकर्मीको रोहबरमा महासंघ बाराका सचिव गणेश रिजाल र अध्यक्षको हैसियतले उपाध्यायले संयुक्त हस्ताक्षर गरि कार्यान्वयनको लागि सोही दिन प्रदेश र केन्द्रमा सिफारिश गरेका थिए । त्यसैगरी नयाँ सदस्यताको हकमा अध्यक्ष उपाध्याय र सचिव रिजालले ६ जनालाई सदस्यता दिने लिखित सहमती गरेका थिए । सदस्यता शुद्धिकरण गर्दा बढी प्रेस संगठन निकटका सदस्यहरु खाजेरीमा परेको थियो । सो सदस्यता सिफारिश गरेपछि प्रेस युनियनका अग्रज सञ्चारकर्मी शत्य श्रेष्ठ र प्रदेश सदस्य भोजराज भट्टराईले सो बिरुद्ध विज्ञप्ति जारी गरी सच्याउन माग गर्नु भएको थियो ।
त्यसको केही दिन पछि प्रदेश सचिव गुरु गौतम प्रदेश सदस्य सिकेन्द्र पासवान, भोजराज भट्टराई, जितलाल श्रेष्ठ, सचिव गणेश रिजाल र अध्यक्ष उपाध्याय बसी छलफल गरेर ११ जना अग्रज र सक्रिय पत्रकारहरुको सिफारिश गर्ने मौखिक सहमति भयो र सो अनुसार मिति २०७७।९।७ गते बारा शाखाको कार्य समितिबाट निर्णयहरु गरियो । शाखा कार्यसमितिले अध्यक्ष र सचिवले हस्ताक्षर गरी शुद्धिकरण गरी कायम रहेका ११३ सदस्यहरुलाई अनुमोदन गरेको थियो ।
शाखाले निर्णय गर्दा तिवारी यादव, रञ्जित यादव, उमेश दुवे र उपेन्द्र लामिछानेले सदस्यता सरुवाको माग गरेकोले सो सदस्यता सरुवाको लागि सिफारिश गर्ने निर्णय गरेको थियोे ।
गलत कार्य :
सदस्यता शुद्धिकरण र थपको लागि प्रदेश सचिव गुरु गौतमको अगुवाइमा बारा शाखाले गरेको निर्णय बिपरित स्वयम गौतमले एकल निर्णयमा गलत अभिलेख कायम गरी ११३ जना सदस्यहरु मध्ये १९ जनालाई हटाउनु र ५ जना गैर पत्रकार थप्नु के प्रदेशको अधिकार अन्तर्गत पर्छ ? नया सदस्यता दिन हकमा प्रदेश सचिव गुरु गौतमको अगुवाइमा म र सचिबले सयुक्त हस्ताक्षर गरी कार्यसमितीबाट अनुमोदन गरेको नामावली भन्दा अर्को ब्यत्तिको नामावली प्रदेश सचिव गुरु गौतमले सिफरीस गरेको प्रदेश अध्यक्षलाई जानकारी गराउंदा–गराउंदै एकपक्षीय रुपले प्रदेशले निर्णय गर्नु कति जायज हो ? प्रदेश सचिव गुरु गौतम प्रदेश सदस्य सिकेन्द्र पासवान, भोजराज भट्टराई, जितलाल श्रेष्ठ, सचिव गणेश रिजाल र अध्यक्ष उपाध्याय बसी छलफल गरेर ११ जना अग्रज र सक्रिय पत्रकारहरुको सिफारिश गर्ने मौखिक सहमति अनुसार कार्यसमितीबाट गरिएको निर्णय बिपरित प्रदेश सचिब गुरु गौतमले एकल निर्णयमा आफना भाई भतिजा राख्नु सहि हो त ?

बिधान अनुसार उठेका प्रश्नहरु :
नेपाल पत्रकार महासंघको विधान २०६० चौथो संशोधन २०७३ को दफा ४ को उपदफा १ क र ख अनुसार महासंघको सदस्य हुने योग्य व्यक्तिहरुको सम्बन्धमा उल्लेख गरिएका व्यहोरा अनुसार सदस्याताको आहवान गर्ने र सिफारिस गर्ने अधिकार शाखाको कार्य समितीमा निहित हुने प्रावधान छ यस बिपरित प्रदेशले जिल्लालाई थाहा नै नभएको व्यक्तिहरुलाई कसरी सदस्यताको सिफरिश गरेको छ ? शाखाले सदस्यता प्राप्त गर्ने कार्य विधी विपरित शाखाले कार्य गरेको भए दफा ५ को उपदफा १ को ग र घ अनुसार प्रदेशले जिल्ला शाखाका कार्यसमितिलाई कारबाही, निलम्बन गर्नु पर्ने हुन्छ । यदि प्रदेशले एकल निर्णयले शाखाको सर्वसम्मती निर्णय बिपरित कार्य गर्छ भने त्यस्ता व्यक्तिलाई के कारबाही हुन्छ त ? प्रदेश सचिव गुरु गौतम प्रत्यक्ष संलग्तामा अध्यक्ष उपाध्याय र सचिव रिजालले शाखाको सदस्यता शुद्धिकरण, नया सदस्यता थप, सदस्यता सरुवा र बिवाद समाधान गर्नका लागि थप गरिएका सदस्यहरुको नामावली भन्दा अलग र प्रदेश सचिब गौतमले एकल कार्य गर्नु कतिसम्म जायज हो ? निज गौतमले २०७७।८।१४ गते प्रेस युनियनका जिम्मेवार व्यक्तिहरुसंग प्रेस युनियनको हलखोरीया बैठकमा तिमी उजुरी गर, जिल्लाको कार्यसमिति वा जसले जे गरेको भए पनि केन्द्रमा महासचिव मेरो मान्छे र प्रदेश अध्यक्ष दीपेन्द्र चौहान मेरो मान्छे मैले चाहे अनुसार काम गराउछु भन्नु र जिल्लाका सबै निर्णयहरुलाई लत्याउंदै आफैले नवल साहको नामबाट उजुरी गर्नु र सो अनुसार नै एकल निर्णय गर्नु साथै सो निर्णयलाई अनुमोदन गर्न प्रयास गर्नु के महासघंको बिधान बहाहरुको लागी कागजको खोस्टो हो त ? विधानको दफा ५ उपदफा ७ अनुसार सदस्यता स्थानान्तरण सम्बन्धी व्यवस्थामा सदस्यहरुले स्थानान्तरण गराउन चाहेमा शाखाको सिफारिसमा प्रदेशले कार्यान्वयन गर्ने उल्लेख छ । तर प्रदेश सचिव गौतमले एकल निर्णयले सिफारिश गर्नु के महासंघको विधान उनको पेवा हो ? बिधान अनुसार शाखाले सदस्याता नबिकरणमा गर्न कुनै पनि सदस्यलाई बन्देज गरेको छ भने प्रदेशले शाखालाई सोध्नु पर्ने हुन्छ तर यहा प्रदेश सचिब गौतमले आफै उजुरी गराउने आफै छानबिन गर्ने र आफै सिफारीस गर्ने कार्य बिधानको कुन दफा उपदफाले दिएको छ ?

प्रदेश र जिल्ला सचिबका महान कार्यहरु
१. जिल्ला गुरु गौतम आफै बसी निर्णय गराउने र प्रदेशमा नवल साहको नाम आफैले उजुरी गर्ने कार्य गरिएको छ । अर्को तर्फ नवलको नामले गरिएको उजुरीको हस्ताक्षर जालि रहेका प्रमाणित धएको छ ? प्रदेश सचिब गौतमको यो उनको स्तर अनुसारको महान कार्य र योगदान हो । पत्रकार महासंघको गत निर्वाचनमा प्रदेश सचिब गौतमले अध्यक्ष उपाध्यायलाई समस्या पार्न त्यस बखतका जिल्ला उपाध्यक्ष राकेश पाण्डेय र सचिब जयनारायण यादबलाई प्रयोग गरे । आश्वासन एउटै दिएका थिए ,अध्यक्ष उपाध्यायलाई तनावमा पारे आगामी महासघंको नेतृत्वमा पाण्डेय र यादबलाई जिम्मेवारी दिने । सो कार्यमा यादब र पाण्डेय सफल पनि भए त्यस लगतै प्रदेश सचिब गौतमले आफनो भुमिका र पत्रकारिताको राजनितीमा अगाडि बढन गाह्रो देख्ने बितीकै प्रेस युनियनको पुर्ब उपाध्यक्ष उपेन्द्र यादबलाई सहमतीको आधारमा महासंघको अधिबेशन सफल गर्न अगाडि बढाए र सर्ब सहमतीमा महासंघको पदााधिकारीहरु चयन पनि भयो । सहमतीको बाताबरण बनाएको बापत प्रदेश सचिब गौतमले प्रेस युनियनका पुर्ब उपाध्यक्ष उपेन्द्र यादबलाई भर्खरै सम्पन्न प्रेस युनियन बाराको निवार्चनमा अध्यक्ष बनाउने आश्वासन दिएका थिए । तर अन्तमा उनीबाट कुनै फाईदा नहुने भए पछि उनलाई र उनका सहकर्मीहरुलाई मानौ प्रेस युनियनमा औचित्यहिन बनाई हटाए । महसंघको सदस्यता शुद्धिकरण र नयां सदस्यता दिने सवालमा उनले सचिब गणेश रिजालसग हस्ताक्षर गराए । रोहबरमा सम्मानित अग्रज रेशम तिवारी र प्रेस युनियनमा प्रस्ट बक्ता बसन्त खतिवडालाई रोहबरमा राखी निर्णय गराए । निर्णय गर्दा प्रेस युनियनका सदस्य मिरा राई,अबिनाश आर्चाय लगायतका प्रेस युनियन निकट ब्यक्तिहरुलाई सदस्यता दिने सहमती गराए र सो अनुसार नै सिफारीस गर्न लगाए र अन्तमा ति ब्यक्तिहरु प्रेस युनियनका भए पनि उनिहरुबाट फाईदा नहुने देखीए पछि प्रदेश सचिब गौतमले बिना कुनै लिखित प्रमाण र आधारको भरमा सदस्याता नदिन सिफारीस गरे । यसो गर्दा प्रदेश सचिब गौतमले आफनो हकमा कार्य गरेता पनि सम्मानित अग्रज रेशम तिवारी र प्रेस युनियनमा प्रस्ट बक्ता बसन्त खतिवडालाई रोहबरमा राखी बेईजत गर्न चाहेको होईन्न त ? भोलिका दिनमा महासंघको निर्वाचनमा कलैयाका आदरणिय उमेशलाल दाश देखी सिमराका मिरा राईसग यी ब्यक्तिले भोट माग्न जादा रोहबरमा बसेका तपाईहरुले हाम्रो नाम हटाउदा किन नबोलेको भनि प्रति प्रस्न गर्दा के जवाफ दिने त ?

मेरो प्रस्न

१. गुरु गौतमको रोहबरमा सदस्याता शुद्धिकरण भएको सर्ब बिदितै छ । उनी र प्रेस युनियनका नेताहरु बसि महसंघका अध्यक्ष कमल कुमार उपाध्याय निकट प्रेस सगठनका साथीहरुको सदस्यता खारेज गर्न दवाब दि सहमती गराउनु उनको धर्म हो तर प्रेस युनियनका साथीहरुको सदस्यता हटाउनमा उनी लगायत उपस्थित प्रेस युनियनका नेताहरुको गल्ति होईन त ? अब रोईलो किन ?
२. सचिब गणेश रिजाल र अध्यक्ष उपाध्यायले गरेको निर्णय कार्यसमितीबाट पारीत हुनु, त्यसे निर्णय अनुसारको प्रतिबेदन बारा शाखाकामे साधारण सभामा सचिब रिजालले बन्द सत्रमा पढदा सर्ब सहमतीबाट सबै प्रेस युनियन आबद्ध महासंघ बाराका सदस्यहरुले ताली पिटि अनुमोदन गर्नु , अध्यक्षको आफनो कार्यकालमा गरेको सबै निर्णयहरु सर्ब सहमतीबाट बन्द सत्रमा हाउसबाट पास गरिसकेको अवश्थामा अब कुन नैतिकताले आरोप र बिबाद गर्न मिल्ला त ?
३. सदस्यता बिबाद समाधानको लागी अध्यक्ष र सचिब सहित बाराबाट निर्वाचित प्रदेशका पदाधिकारीहरुको बैठकमा कतैबाट नाम नआएको बिरोध शर्माको सदस्याता थप्न सचिब रिजार र प्रदेश सचिब गौतमले दबाद दिनु , अर्को तर्फ प्रदेश सदस्य सिकेन्द्र पासवान र भोजराज भट्टराईले अग्रज रतन टेमानी लगायतको सदस्यता थप्न गरेको सिफारिस नमान्न अध्यक्ष उपाध्यायलाई दबाद दिनुको पछाडी के रहस्य छ ?
४. मास्टर डिग्री पास गर्नु भएको, लोकतान्त्रीक विधि अंगाल्ने प्रेस युनियन बाराका पूर्व अध्यक्ष , नेपाल पत्रकार महासंघ बाराका जिल्ला शाखा सचिव रहनु भएको महान नेता गणेश रिजालले आफैले सामाजिक संजाल फेसबुकमा मोहरीमा साधारण सभाको निम्ता दिनुभएको थियो । आफैले साधारणसभाको सफलताको लागि आफैले निर्णयमा हस्तारक्ष गर्नुभएको थियो । अर्को तर्फ ११ बजे उद्घाटन सत्रमा सम्पूर्ण अतिथीहरुलाई निम्ता गरी आफू करिब २ बजे कार्यक्रम स्थलमा आई महान कार्य गर्नुभएको थियो । र आउने वितिकै शिव भग्वानको रुप धाराणा ताण्डव नाँच नाच्दाँ उहाँको योगदानलाई सबैले कोटी कोटी नमन गरेका थिए । झन केहि बेर पछि बन्द सत्रमा वहाँले आदरणिय दाजु भनी अध्यक्षलाई सम्बोधन गरेको हेर्दा किन सबैले हासेर ताली पिटेको मैले बुझ्नै सकेको छैन ।

अन्तमा भन्नु पर्दा नेपाल पत्रकार महासंघ सबैकको साझा संस्था हो । आज अरुलाई समस्यामा पार्न र विवादितन गराउन चाहदा आफू पनि विवादित र संस्थानै धरापमा पर्न जान्छ । त्यसैले बाराका अग्रज सबै संचारकर्मीहरुले यस तर्फ विचार गर्लाकि भन्ने सोचियो र सवच्छ र पूर्वाग्रह रहित भई महासंघको गरिमा कायम गर्लान कि भनेर लेखियो ।

Leave a Reply