सिमरा,नेपाल विद्युत् प्राधिकरणको सिमरा वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा बिजुली आपूर्तिमा अवरोध हुँदा स्थानीय मर्कामा परेका छन् । सरकारले विद्युत् खपत् बढाउने नीति लिए पनि सिमरा वितरण केन्द्रमा दिनहुँजसो हुने अवरोधले केन्द्रकै नियतमाथि प्रश्न खडा भएको जीतपु्रसिमरा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मोहन शर्माले बताउनुभयो ।

पछिल्लो ६ महिनायता बाराकोे सिमरा, जितपुर, पथलैया लगायतका स्थानमा दैनिक पटक–पटक विद्युत् आपूर्तिमा अवरोध हुन थालेपछि उपभोक्ताले प्रयोग गरेको विद्युतीय सामग्री बिग्रन थालेका छन् । व्यवसायीहरूले बिजुलीको विकल्प खोज्दै जेनेरेटर, ब्याट्री, इन्र्भटर, खरीद गर्न थालेको शर्माको भनाइ छ । राज इलेक्ट्रोनिकका सञ्चालक अभय श्रीवास्तवले लोडसेडिङको अवस्थामा जस्तै ब्याट्री, इन्भर्टर माग र बिक्री बढेको बताउनुभयो ।

जीतपुर, सिमरा लगायतका बजारमा अवस्थित तारे होटल, खाद्यान्न उद्योग, सुपरमार्केटहरूमा जेटेरेटर लगायतका उपकरण बिक्री गर्न विभिन्न कम्पनीका मार्केटिङ्ग एजेन्सीहरूको उपस्थिति बढेको छ । यस्ता एजेन्टहरूको उपस्थितिले सिमरा विद्युत् केन्द्रबाट नियमित सेवा नपाउनेमा स्थानीयले आशंका व्यक्त गर्न थालेका छन् । सिमरा वितरण केन्द्रले भने कर्मचारी अभावका कारण समयमै मर्मत गर्न नसकिएकाले विद्युत् आपूर्तिमा समस्या भएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here