सिमरा,बारा जिल्लाको विभिन्न स्थानमा सवारी दुर्घटना हुदाँ दुईजना सामान्य घाइते भएका छन् । जीतपुरसिमरा उममहानगरपालिका वडा नम्बर २२ मा पर्ने पूर्वपश्चिम लोकमार्ग सडकखण्डको ३ नम्बर पुलमा दुर्घटना भएको हो । हेटौडाबाट पथलैयातर्फ आउदै गरेको ना ३० प ४६५५ नम्बरको मोटसाइकलले ओभरटेक गर्ने क्रममा सोही दिशाबाट आउदै गरेको ना ४ च ६९५९ नम्बरको बोलेरोमा ठक्कर खादा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका वडा नम्बर ५ बस्ने ४० वर्षका वकिल मिया मंसुर र पछाडि सवार सेही ठाउँका ३५ वर्षका सबिना मंसुर सामान्य घाइते भएका हुन् ।
उनीहरुलाई उपचारको लागि सिमरास्थित अल्पईन अस्पतालमा लागिएको ईलाका प्रहरी कार्यलय अमलेखगन्जले जानकारी दिएको छ । त्यसैगरी पूर्वपश्चिम लोकमार्ग सडकखण्डको ४ नम्बर पुलमा ट्रक आफै अनियन्त्रि भइ दुर्घटना भएको छ । हेटौडाबाट पथलैयातर्फ आउदै गरेको ना ५ ख ८४२३ नम्बरको ट्रक आफै अनियन्त्रि भइ सडकको पेटीमा रहेको नालामा पल्टिएको थियो ।