वीरगन्ज,दिव्य युवा क्लबले पर्साका विभिन्न पालिकाहरुको लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणलाई समुदाय स्तरमा फैलन नदिन तथा यसबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले राहत सामग्री वितरण गरिएको क्लवका कार्यकारी निर्देशक रामाकान्तप्रसाद कुर्मीले बताउनुभयो ।

एक्सन एड नेपाल तथा दिव्य युवा क्लबको साझेदारी र स्थानीय कार्यक्षेत्रका पालिकाहरुको सहकार्यमा आईसोलेसन सेन्टर तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारिहरु र होम आईसोलेसनमा रहेका व्यक्तिहरुको लागि स्वास्थ्य सुरक्षा सामग्रीहरु वितरण गरिएको हो ।

महिला अधिकार कार्यक्रम संचलनमा रहेका वडाहरुमा संचालित स्वास्थ्य चौकीहरुमा कार्यरत कर्मचारीहरुको लागि पुनः प्रयोग गर्न मिल्ने पि.पि.ई. ५ सेट, ग्लोभस ५ प्याकेट, सर्जिकल मास्क १० प्याकेट, सेनिटाईजर ५ लिटरको २ जार, फेस हेड १० थान, ह्याण्डवास १ थान, अक्सीमिटर १ थान प्रदान गरिएको छ ।

त्यसैगरी पोखरिया आइसोलेसन सेन्टरको लागि अक्सीजन कन्सन्ट्रेटर १ थान, पुनः प्रयोग गर्न मिल्ने पि.पि.ई.२० सेट १ सय प्याकेट, सर्जिकल मास्क २० प्याकेट, सेनिटाईजर ५ लिटरको २ जार, फेस हेड १ सय थान, ह्याण्डवास (५०० एम.एल.) २० थान, सुतिको तौलिया १० थान, तन्ना २० थान, तकिया २० थान, तकियाको खोल २० थान, सोडियम क्लोरिन १ जार, अक्सीमिटर १० थान र थर्मलगन १ थान रहेका छन् । पोखरिया नगरपालिका वडा नम्बर ७ रानीगंजमा केहि दिन पहिला होम आईसोलेसनमा बसेका कोरोना शंकास्पद विरामीहरुलाई पनि हर्लिक्स ५०० ग्राम, सर्जिकल मास्क १ प्याकेट, सेनिटाईजर ५०० एम.एल. १ थान, अक्सीमिटर १ थान, डिजिटल थर्मोमिटर, डस्टबीन, साबुन, स्यानीटरी प्याड लगायतका समग्री वितरण गरिएको छ । स्वास्थ्य सामग्री सहयोगले संक्रमणबाट जोगिन सहयोग पुग्ने पोखरिया नगरपालीकाकी उपप्रमुख सल्मा खातुनले बताउनुभयो ।

Leave a Reply