नरेश गुप्ता

बरियारपुर,नेपाली कांग्रेस बारा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती रामप्रवेश यादवले सिफारिस गरेर केन्द्रबाट स्वीकृत भइ आएको नयाँ क्रियाशील सद्स्यता खारेजीको मांग गर्दै क्षेत्रका विभिन्न पालिकाका १३ वटा वडाका सभापतीहरुले केन्द्रीय छानबिन समिति सानेपामा उजुरी दर्ता गराएका छन ।

नेपाली कांग्रेस बाराको १४ औ महाधिवेशन तयारीको लागि सद्स्यता नवीकरण र नंयाँ क्रियाशील सद्स्यता थप्ने काम क्षेत्रीय सभापती यादवले तानाशाही बन्दै एकलौटी रुपमा गरेको भन्दै विरोध भएको हो । पार्टीको क्षेत्रीय उपसभापती लक्षुमण प्रसाद जैसवाल र वडा सभापतीहरुलाई जानकारी नै नगराइ नयाँ सद्स्यता ईन्ट्री गराइएकोले शुक्रवार कलैयामा पत्रकार समेलनको आयोजना गरि सद्स्यता खारेजीको माग गरिएको महाधिवेशन प्रतिनिधि राजेश रौनियारले बताउनुभयो ।

बारा क्षेत्र २ का क्षेत्रीय उपसभापती जैसवाल लगायत १३ जना वडा सभापतीलाई आवेदन फरम नदिइ सक्रिय सद्स्यता र नवीकरणबाट बंचित गर्ने खेलमा क्षेत्रीय सभापती रामप्रवेश यादव र केन्द्रीय सद्स्य राधचन्द्र यादव लागेको महागढीमाई वडा नम्बर १ सभापति झबुलाल साह कानुले बताउनुभयो । नेपाली कांग्रेस पार्टीको विधानलाई मिचेर क्षेत्रीय सभापती यादवले असार ३० गतेसम्मको हद म्यादमा वडा सभापतीलाई फारम उपलब्ध नगराइ वडा समितिको निर्णण बिनानै सभापतीहरुको किर्ते हस्ताक्षरमा किर्ते कागजातको आधारमा सिफारिस गरेर नयाँ सदस्य थप गरिएको हुदा खारेज हुनुपर्ने महाधिवेशन प्रतिनिधि रौनियारले बताउनुभयो । नेपाली कांग्रेस पार्टी केन्द्रीय विभागले छानबिन गरी विधान विपरीत थपिएको सद्स्यता खारेज गर्न र केन्द्रबाट नै नयाँ क्रियाशील सद्स्यता उपलब्ध गराइदिन वडा सभापतीहरुले मांग गरेका छन । पत्रकार समेलनमा नेपाली कांग्रेस बारा क्षेत्र २ का उपसभापती लागायत १३ वटा वडाको सभापतिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply