बाराको निजगढ क्षेत्रमा बिमान स्थल बनाउने कुरा उठेको धेरै बर्ष भयो । यतिसम्मकी हरेक सरकार आएपनि निजगढलाई अन्तराष्ट्रिय बिमान स्थलको रुपमा बिकास गर्ने कुरा नारा नै बन्ने गर्दथ्यो तर बिभिन्न कारणले निजगढ बिमान स्थल बन्न सकेको छैन । बिमान स्थल बन्ने कुरा मात्रै होइन काम समेत शुरु हुन सकेको छैन । निजगढमा बिमान स्थल बनाउने बिषयमा बर्तमान सरकार र स्वम् मन्त्री समेत केही सकारात्मक भएका हुन् कि भन्ने लागेको थियो तर यसबीचमा न्यायलय बाधक बनेको छ ।
पछिल्लो पटक आइतबार फेरि सर्बोच्चको अर्को अन्तरिम आदेश आएको छ ।जसमा बिमान स्थल निर्माणका लागि आवश्यक पर्ने रुख कटान कार्य नगर्न सर्बोच्चले भनेको छ । कानुन यो देशको सबैभन्दा सर्बोच्च निकाय हो । उसको फैसलालाई अनादर गर्ने कुरै आएन तर बिमान निर्माणका यस्ता कुरामा न्यायलयले चासो दिँदा मुलुक कति पछाडी पर्ने हो यतातिर सोच्ने बेला पो आएको छ त ।
बिकास बिरोधी न्यायलय पक्कै होइन होला तर पटक पटक यस्तै खालका आदेश आइरहने हो भने बिमान स्थल निर्माण कार्यले कहिल गति लिने ?सरकारले भनेको राष्ट्रिय योजनाहरु कहिले सफल हुने ?हो,बिकासको नाउँमा बिनास संभव छैन । रुख जथाभावी काट्नु हुन्न । त्यसको उचित ब्यवस्था सहित रुख कटान कार्य गर्नुपर्छ तर बिमान स्थलका लागि रुख काट्ने कार्य नै बाधक हो भनेर ब्यख्या गरिनुहुन्न तर रुख काटेपछि रोप्ने सुनिश्चितता हुनुपर्छ । सर्बोच्चको पछिल्लो फैसालले पक्कै बिकासमैत्रीको दाँतमा ढुंगा लागेको छ ।