वीरगन्ज, २१ बैशाख । वीरगन्जको नेशनल मेडिकल कलेजले बाबा होटलमा संचालन गरेको अस्थायी कोभिड अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्सागढी नगरपालिका वडा नम्बर ९ का ३४ बर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बिहान साढे सात बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड सम्पर्क व्यक्ति विनय कुमार श्रीवास्तवले जानकारी दिनुभयो ।

बैशाख ७ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई बैशाख १८ गते मात्रै कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको कोभिड सम्प्र्क व्यक्त श्रीवास्तवले बताउनुभयो ।
यसैबीच वीरगन्जमा सोमबार राति गरिएको १९२ वटा नमूना स्वाबको परीक्षणमा थप ११५ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्य ८७ जना पर्साका, २४ जना बाराका र ४ जना रौतहटका रहेको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो ।

५ बर्षदेखि ८० बर्ष उमेर समूहका ८४ जना पुरुष र ३१ जना महिला रहेका छन् । उनीहरुबाट संक्रमण हुन सक्ने क्षमता अर्थात सिटी भ्यालु भने १७ देखि ३५।६ रहेको डाक्टर दासले बताउनुभयो । यसअघि आईतबार पर्साबाट संकलन गरिएको १९२ वटा स्वाब नमूनाको आईतबार राति नारायणी अस्पतालमा परीक्षण गर्दा पर्सा जिल्लाका ८८ सहित १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित मध्ये बाराका ११, रौतहटका ४ र सर्लाहीका १ जना रहेको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । १७ बर्षदेखि ७९ बर्ष उमेर समूहका उनीहरुको भाईरसको संक्रमण सार्न सक्ने क्षमता सिटी भ्यालु १५।५ देखि ३५।५ सम्म रहेको डाक्टर दासले बताउनुभयो ।

नारायणी अस्पतालको प्रयोगशालामा बैशाख १ देखि बैशाख २० गते सम्म ३ हजार १ सय ६७ जनाको कोरोना जाँच गर्दा ती मध्ये १ हजार ९ सय १२ जनामा संक्रमण देखिएको छ । डाक्टर दासका अनुसार नारायणी अस्पतालमा अहिले जटिल अवस्थाका ६५ जना संक्रमित उपचाररत रहेका छन् । ती मध्ये आइसियुमा ५ र एचडियुमा १७ जना रहेको जानकारी दिदै डाक्टर दासले सबैलाइ अक्सिजन सर्पोटमा राखेर उपचार भइरहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here