वीरगंज २२ भदौ । बाराको परवानीपुर गाउंपालिका वडा नं. ४ चैनपुरस्थित थ्रिल फेक्ट्री नामक इन्टरटेन्मेन्ट जुन र फन पार्क संचालनमा आएको छ । केडिया आंखा अस्पताल र डेएभि स्कुल नजिक मेनरोड मै १० कठाको क्षेत्रफलमा थ्रिल फेक्ट्री संचालनमा आएको हो ।

बच्चादेखि युवा सम्मको खेलकुद र इन्टरटेन्मेन्ट गर्ने स्थलको रुपमा थ्रिल फेक्ट्री संचालनमा ल्याइएको संचालक निखिल चचानले वताए । यस क्षेत्रमा इन्टरटेन्मेन्ट साधानको अभाव महसुस भएपछि इन्टेरटेन्मेन्ट जुन र फन पार्कको रुपमा संचालनमा ल्याएको उनले वताए ।

बुधबारदेखि संचालनमा आएको थ्रिल फेक्ट्रीमा १५ किसिमको खेलकुद तथा इन्टरटेन्मेन्टको साधन उपलब्ध रहेको संचालक चचानले जानकारी गराए । जसमा जग्गाको मुल्य छाडेर १० करोड र जग्गासहित १५ करोड भन्दा बढी लगानी लागेको उनले वताए ।

परवानीपुरको चैनपुस्थित संचालनमा आएको थ्रिल फेक्ट्री देश भर कै इन्टरटेन्मेन्ट जोन र फन पार्क मध्ये एक ठाउंमा सब भन्दा बढी किसिमको खेलकुद गर्ने पहिलो स्थल भएको संचालक चचानले दाबी समेत गरे ।

 

Leave a Reply