जसले जे भनेपनि एकजना सरकारी अधिकृत स्तरका कर्मचारीलाई तलब भत्ताले खानका लागि नै समस्या हुने अवस्था भने नेपालको सन्दर्भमा छैन ।एउटा सामान्य परिवार पाल्नका लागि अधिकृत स्तरको सरकारी कर्मचारीले भ्रष्टचार वा अनियमितता भने गर्न पर्र्दैन । हो, उसका सबै चाहना पूरा नहोलान् तर तलबले परिवार पाल्न सकिदैन भन्ने कुरा चैं मिथ्या हो र अनियमितता गर्न छुट दिनुपर्छ भन्ने आशय पनि हो । सरकारले कर्मचारीदलाई सुविधा नै नदिएको पनि होइन तैपनि कर्मचारीहरु बद्नाम किन छन् ? यो विषयमा केही कर्मचारीले सोचेका होलान् तर सबैले सोचेको देखिदैन । उनीहरु जिम्मेवार भएको पनि पाइदैन ।

त्यसैले कर्मचारीहरुमाथि बेलाबेलामा विभन्न प्रश्नहरु उठ्ने गर्दछन् । अनियमिताको आरोप लाग्ने गर्दछ र कतिपय अवस्थामा त प्रमाणित भएर कर्मचारीहरुको जागिर गएको अवस्था पनि छ ।हालै बाराको कलैया उपमहानगरपालिकाका बाहालवाला लेखा अधिकृतसहित केही कर्मचारीहरुले सेनेटरी प्याड खरिदमा अनियमितता गरेको आरोप लागेको छ । यो आरोप जनमानसले लगाएको होइन । सरकारी निकायले नै लगाएको हो । अब यस्तो आरोप लागेपछि केही गलत त पक्कै भयो होला नै ।सो घटनामा केही समयपछि सत्यतथ्य त सार्वजनिक होला नै । गलत नभएको पनि हुनसक्ला तर एकजना अधिकृत त्यो पनि महिला फेरि प्याडमा नै अनियमितताको कुरा आउनु दुर्भाग्य हो । यसको मतलब पुरुषले गर्नु ठीक र महिलाले भ्रष्टाचार गर्नु बेठीक पनि भन्न खोजिएको पनि होइन । तर सेनेटरी प्याड खरिद अनियमितता आरोपमा महिला अधिकृतकै कुरा उठ्नु राम्रो कुरा होइन । भविष्य बनाउन बाँकी रहेकै बेलामा यस्ता अनियमिततामा मुछिनु अनि लालच धेरै गर्नु पनि उचित होइन ।

Leave a Reply