मनोज शाह
जीतपुर,विद्यालय तहका छात्राहरुमा यौन हिँसाका घटनाहरु बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै जीतपुर प्रहरीले बिहीवार जितपुरमा महिला हिँसा निवारणको सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यालयका शिक्षक, विद्यार्थीसहित विद्यालय स्तरमा हुने महिला हिंसा निवारणका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम जीतपुरसिमरा उपमहानगरपालिका वडा नं ७ स्थित एमरल्ड एकेडेमी बोडिङ स्कुलमा सो कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी निरीक्षक कमलबहादुर शाहीले साइबर क्राइम र यसका सजायका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । एमरेल्ड एकडेमी बोडिङ स्कुलका कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई साइबरबारे जानकारी गराउनु भएको छ ।
प्रहरी कार्यालय जीतपुरका प्रमुख कमलबहादुर शाहीको अगुवाइमा कार्यक्रम भएको हो । स्कुलका विद्यार्थीहरु बीच भएको सो कार्यक्रम उपलब्धीमुलक रहेको बोडिङका प्रिन्सिपल सरोज कार्कीले बताउनुभयो ।