हुन त बिश्वका कतिपय देशमा सत्ताका लागि हदैसम्मको हर्कत भएको देखिन्छ । इतिहाँसमा पनि यस्तै कुराहरु धेरै नै पढ्न पाइन्छ । नेपालमा त ठूला ठूला घटना नै भएका छन् । इतिहाँस पढ्दा वा बिश्वका कयौं घटनाक्रम नियाल्दा त सत्ताभन्दा ठूलो केही छैन र यसका लागि खासगरी नेताहरु जे गर्न पनि तयार हुन्छन् भन्ने कुरा पनि देखाइको छ र नेपालको सन्दर्भमा त अहिले पनि यो कुरा स्पष्ट देखिन्छ ।

नेपालको अहिलेको ताजा अवस्थाकै कुरा गर्ने हो भने पनि काँग्रेसको महासमितिको बैठक जारी छ । बैठकमा केही विषय घनिभूत रुपमा छलफल भइरहदा नेकपा माओावदी केन्द्रका अध्यक्ष जो हाल प्रधानमन्त्री पनि हुनुहुन्छ उहाँ भने अहिले प्रतिपक्षमा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट्दै हुनुहुुन्छ । बाहिर प्रचण्ड र ओलीको कुरा सुन्ने हो भने उनीहरुका बीचमा कहिल्यै मिलाप होला र भन्ने लाग्छ तर भित्रभित्र अनेक हुन्छ ।

एमाले पनि सरकार बाहिर भएको लामै समय भयो । एमाले यो गठबन्धन तोड्न चाहन्छ । सत्तामा जान चाहन्छ अनि प्रचण्ड प्रधानमन्त्रीमा नै बस्ने अभिलाषा छदै छ अनि सत्ताका लागि जे पनि गर्ने नेपाली राजनीतिले अन्ततः देशलाई धेरै फाइदा भएको छैन अनि निष्ठाको राजनीति जहिले पनि खडेरी पर्ने नै देखिन्छ जुन एकदमै गलत हो । यो राजनीतिको गलत नजिर नै हो ।

Leave a Reply