(241001) -- BEIJING, Oct. 1, 2024 (Xinhua) -- Smoke rises following an Israeli airstrike in the town of Khiyam, southeastern Lebanon, on Sept. 30, 2024. A total of 95 people were killed and 172 others injured over the past 24 hours in Israeli airstrikes on different areas in Lebanon, said the Lebanese Health Ministry Monday night. (Photo by Taher Abu Hamdan/Xinhua)

काठमाण्डौं,इजरायली सेनाले लेबनानी भूमिमै प्रवेश गरेर आक्रमण शुरू गरेको छ । यसअघि हवाई आक्रमण गरिरहेको इजरायली सेना स्थल आक्रमणका लागि लेबनानी भूमिमा प्रवेश गरेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

दक्षिणी लेबनानमा हिजबुल्लाहको बाहुल्यता रहेको पूर्वाधारलाई ध्वस्त पार्न सीमावर्ती गाउँहरूमा गएरातिदेखि नै भूमिगत ‘अपरेशन’ शुरू गरेको आईडीएफले जनाएको छ । तर हिजबुल्लाहले भने इजरायली सेना आफ्नो भूमिमा नआएका र आउने प्रयास गरेमा प्रत्यक्ष युद्धका लागि तयार रहेको बताएको कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।
आईडीएफले तालिमप्राप्त सैनिकहरूलाई आक्रमणका लागि स्थलमार्गबाट लेबनानी भूमिका खटाएको जनाएको छ । स्थल सेनालाई इजरायली वायुसेनाले सहयोग गरिरहेको छ । इजरायलले गरिरहेको हवाई आक्रमणमा पछिल्लो एक हप्तामै एक हजार जनाभन्दा धेरै नागरिक मारिएका र दश लाख जनाभन्दा धेरै मानिस विस्थापित भएका लेबनानी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

हिजबुल्लाहका सहायक प्रमुख शेख नाइम कसिमले इजरायलले अहिलेसम्म गरेका आक्रमणहरू निकै कम भएको भन्दै युद्ध धेरै लामो हुन सक्ने बताउनुभएको बीबीसीले जनाएको छ ।समाचार संस्था एपीका अनुसार सन् २००६ पछि इजरायली सेना लेबनानमा प्रवेश गरेको यो पहिलो पटक हो । सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच ३३ दिनसम्म युद्ध भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here