कलैया –  नेपाल कम्युनिस्ट पार्टी (एमाले) मधेस प्रदेश कमिटीको सदस्यमा बाराबाट आठ जना नेताहरू मनोनित भएका छन् । बर्दिबासमा भदौ १४ गते बसेको एमाले प्रदेश सचिवालय बैठकले मधेस प्रदेशभरिबाट कुल ६० जनालाई कमिटीमा मनोनित गर्ने क्रममा बाराका आठ जनालाई जिम्मेवारी दिएको हो ।

प्रदेश कमिटी सदस्यमा मनोनित हुनेहरूमा जनप्रतिनिधिदेखि पूर्व प्रदेश कमिटी सदस्यसम्म रहेका छन् । मनोनित हुनेहरूमा मधेस प्रदेश सभा सदस्य राजपति देवी जयसवाल, कलैया उपमहानगरपालिकाका मेयर विनोद साह, निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, एमाले प्रदेश कमिटीका पूर्व सदस्य आनन्द थामी, एकबहादुर श्रेष्ठ, इश्वर ढकाल, कौशल सिंह र ताराचन्द्र साह रहेका छन् ।

पार्टीको संगठन विस्तार तथा प्रादेशिक संरचनालाई थप सुदृढ बनाउने उद्देश्यले बर्दिबास बैठकबाट यो निर्णय गरिएको एमालेले जनाएको छ ।

Leave a Reply