निजगढ,लायन्स क्लव अफ निजगढ सिटीले शनिबार सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका बाढी पीडितको लागि खाद्यान्न सहयोग गरेको छ । लायन्स क्लव इन्टरनेसनल अन्तरगत रहेको निजगढ नगरपालिकाको लायन्स क्लब अफ निजगढ सिटीका पदाधिकारीको आन्तरिक सहयोगबाट १७.५० क्वीन्टल चामल र निजगढका समाजसेवी एवं व्यवसायी प्रमोद सिग्देलबाट २५ १.२५ क्वीन्टल गरी जम्मा १८.७५ क्यून्टल चामल बाढी पिडितहरुलाई सहयोग गरेको हो । नेपाल सरकारले राहतमा एकद्वार प्रणाली लागु गरेकोले राहत सामग्री नेपाली सेनाको ब्यारेकमार्फत मेलम्ची नगरपालिका वडा नं ११ का वडा अध्यक्ष रुद्रप्रसाद दुलाल रोहबरमा हस्तान्तरण गरिएको क्लबका पाष्ट प्रेसिडेन्ट खडकप्रसाद उप्रेतीले बताउनुभयो । लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट मनोज रेग्मीको नेतृत्वमा लायन्स क्लव अफ निजगढ सिटीका सदस्य, क्लबका पास्ट प्रेसिडेन्ट उप्रेती, क्लबका सेकेन्ड भाइस प्रेसिडेन्ट विष्णु गोपाल रिसाल, सेक्रेटरी दिलीप यादव, सदस्य खड्ग राज मैनाली, नवीन खनाल, मुकुन्द विष्ट, अनिस पोख्रेल, प्रमोद सुवेदी, राजेश चौधरी समेत राहत हस्तान्तरण कार्यक्रममा सहभागी हुनु भएको थियो ।
Home राष्ट्रिय समाचार लायन्स क्लव अफ निजगढ सिटीव्दारा मेलम्ची र हेलम्बुका बाढी पिडीतलाई खाद्यान्न सहयोग