वीरगञ्ज,पर्सा प्रहरीले बिदाको दिन अनुमतिविना चलाइएको पाँच सरकारी सवारी साधन वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । मङ्गलवार सार्वजनिक बिदा रहे पनि विना इजाजत गुडाएको आरोपमा प्रहरीले ती सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

मालपोत कार्यालय सर्लाहीका अधिकृत उमेश कुमार कुश्वाहा सवार बा १ झ ५८३८ नम्बरको गाडी, विद्युत् प्राधिकरणको बा १ ञ २१५८ नम्बरको गाडी, परवानीपुर गाउँपालिकाको ना १ ब २५५९ नम्बरको मोटरसाइकलसहित पाँच वटा सरकारी सवारी साधन मङ्गलवार नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।सरकारी गाडीको दुरुपयोग बढेको गुनासोपछि बिदाका दिन विना अनुमति चलाउने सरकारी गाडी नियन्त्रणमा पर्सा प्रहरीले कडाइ गरेको हो । यसका अतिरिक्त ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई प्रहरीले कारबाही गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाउनुभयो ।

उहाँका अनुसार बिना अनुमति बिदाको दिन सरकारी गाडी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने ५० वटा सवारी साधनलाई पर्सा प्रहरीले कारबाही गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here