आर.के.चौधरी

सखुवाप्रसौनी,
पर्साको सखुवाप्रसौनी गाउँपालिका कार्यलयले गाउँपालिका वडा नम्बर ३ कौवाबनका मुसहर परिवारलाई कृषि कार्य गर्न कोदालो वितरण गरेको छ । कमजोर आर्थिक अवस्थाका कारण कृषि औजारसमेत खरिद गर्न नसक्ने अवस्थामा रहेका दलित समुदायका किसानहरुलाई गाउँपालिकाले एक÷एक थान कोदालो वितरण गरेको हो । गाउँपालिकाले अघिल्ला आर्थिक वर्षमा पनि दलित किसानलाई कोदालो वितरण गरेको थियो ।

Leave a Reply