पुष्पराज खतिवडा

मनहर्वा,परीक्षा दिएर घर फर्किदै गरेका एकजना विद्यार्थीको जीतपुरसिमराको त्रिभुवन राजमथमा भएको मोटरसाइकल दुर्घटनामा परेर हिजो दिउसो मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते भएका छन् ।सिमरास्थित परीक्षा केन्द्रबाट स्नातक तहको परीक्षा सकेर वीरगञ्जतर्फ जाँदै गरेको प्र २–०३–०१८ प ९६० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा पर्सा जिल्ला बहुधरामाई नगरपालिका वडा नम्बर ९ बिश्रामपुर बस्ने वर्ष २३ का विजय शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।मध्यान्न १२ः१० बजेको समयमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहीस्थित वीरगञ्ज– पथलैया सडकखण्डमा दुर्घटना भएको हो ।सोही दुर्घटनामा परि पर्सा जिल्ला प‍ोखरिया नगरपालिका वडा नम्बर १ बनकटवा बस्ने २२ वर्षका अर्जुन सहिनी घाइते भएका छन् । सहनीको छाति र टाउकोमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको छ । उनको बयोधा अस्पताल वीरगञ्जमा उपचार भैरहेको बाराका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम् पाण्डेले जानकारी दिनुभयो ।मृतक शर्मा सहनीले चलाएको मोटरसाइकलमा पछाडि सवार थिए । शर्माको पेटमा गम्भीर चोट लागेको थियो ।दुर्घटनामा घाइते भएका दुबै जनालाई उपचारको लागि बयोदा अस्पतालमा पठाएकोमा शर्माको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक पाण्डेले जानकारी दिनुभयो । उनीहरु दुबैजना वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका विद्यार्थी रहेको जनाइएको छ ।

 

Leave a Reply