दक्षिण एसियाली राजनीतिमा मात्रै होइन बिश्वभर नै भारतका कुनै जामानमा शासक महात्मा गान्धीको चर्चा हुने गर्दछ । उसलाई एक शान्तिप्रिय नेताको रुपमा लिने गरिन्छ । शान्ति र आधुनिक भारतको श्रीवृद्धिमा महात्मा गान्धीको भूमिका महत्वपूर्ण छ । मोहनदास करमचन्द गान्धीबाट उनी महात्मा गान्धी भएका थिए र उनलाई भारतमा त राष्ट्रपिता नै भनिन्छ । यद्यपि महात्मा गान्धीको बिषयका केही चर्चाहरु पनि विवादास्पद देखिन्छन् ।

यिनै महान व्यक्तिको गोली हानेर हत्या गरिएको इतिहास छ र उनलाई नाथूराम गोड्से भन्ने व्यक्तिले गोली प्रहार गरेको थिए । नेपाली राजनीतिमा गोडसेको नाम फेरि एकपटक चर्चामा छ । शुक्रबार बागमती प्रदेश सभामा बोल्ने गर्ने क्रममा नेपाल कांग्रेसका सांसदले नरोत्तम वैधले प्रधानमन्त्री ओलीविरुद्ध आफु पनि गोड्से बन्न तयार रहेको बताएपछि भारतको इतिहासको कालकोठरीमा पुगेको यो घटना नेपालमा फेरि चर्चामा आएको हो । उनको यस्तो अभिव्यक्तिले अनेकौं प्रश्न जन्माएको छ । मुलुकको प्रधानमन्त्रीलाई गोली हानेर हत्या गर्नुपर्छ भन्ने कुरा सार्वजनिक रुपमा व्यक्त गर्नु आफैमा आपत्तिजनक कुरा हो । संसद वैधको यस्तो अभिव्यक्तिको चौतफीरुपमा विरोध भएको छ र उनले पनि आफनो अभिव्यक्ति फिर्ता दिदै आत्मालोचनासमेत गरेका छन ।

हो, केपी ओलीबाट गलत काम भएका होलान । उनले गलत काम गरेको कुरा नेपालका उनका केही मान्छे बाहेकका सबै राजनीतिक दलले भनेका छन् । त्यसो त सत्ता सबैका लागि प्यारो हुन्छ । सत्ताका लागि घिनलाग्दा घटना नेपालमा नै घटेको इतिहास छ । तर आजको जमानामा हत्या कल्पनाको कुरा होइन । कसैको हत्या गर्दैमा आफनो अभिष्ट पुरा हुन्छ र मैदान खाली हुन्छ भन्ने पनि होइन । मुख्य कुरा गलत प्रवृत्तिविरुद्धको विरोध हो । यसको लागि वैध जस्ता एउता प्रजातान्त्रिक पार्टीका कार्यकर्ता र प्रदेश संसद रहेका व्यक्तिले प्रधानमन्त्री ओलीको गलत प्रवृत्तिको शान्तिपूण रुपमा भण्डाफोर गर्न सक्नु पथ्र्यो । तर उनले त्यसो नगरेर अपराधिक धारणा अनि सोच तथा भनाइ राखेका छन । उनको गोडसे जन्माउने कुरा एउटा सभ्य नागरिकले कल्पना समेत गर्न नसक्ने कुरा हो । जुन घोर आपत्तिजनक पनि छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here