कलैया, रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । राजदेवी नगरपालिका(१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।मृतक परिवारका अनुसार बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।‘हिजो घरमा मृत्यु भएपछि हामीलाई खबर आयो । हामी पुगेर अनुसन्धान सोधपुछ थाल्यौ । परिवारजनले बुधबार साँझ कुटपिट भएको भन्यो । बुधबार बिहीबार प्रहरीलाई खबर गरेन । उपचारको लागि पनि लगिएन । अनुसन्धान गरिरहेकमा छौं,’ एसपी वीरबहादुर बुढामगरले भने ।घटना पश्चात शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाइएको छ । घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्त भैरो दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएको एसपी बुढामगरले जानकारी दिए ।रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवका अनुसार सुस्त मनस्थिति ९राम्ररी बोल्न नसक्ने० दासले एक चार वर्षीय बच्चाको हात समातेपछि उनीमाथि कुटपिट भएको थियो ।कुटपिटबाट समान्य घाइते भएको लागेर उनलाई उपचारको लागि लगिएन भने प्रहरीलाई जानकारी समेत दिइएन । मृत्यु पश्चात बिहीबार अपराहन्न साढे ४ बजे प्रहरीलाई खबर गरेपछि घटनास्थलको मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि लगिएको थियो । पोस्टमार्टम रिपोर्ट आए पश्चात के कति कारणले मृत्यु भएको खुल्ने डिएसपी यादवले बताए ।कुटपिटमा संलग्न भएकाहरु फरार भएका छन् । उनीहरुको खोजी कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


















