निजगढ, १५ भदौँ– सशस्त्र प्रहरीले सोमबार बिहान बाराबाट १ क्विन्टल ८० केजी गाँजासहित एउटा कार नियन्त्रणमा लिएको छ ।

प्रहरीले प्रदेश नम्बर ३, ०२२ च ८१३४ नम्बरको डटसन कारमा राखेर जिल्लाको सिम्रौनगढतर्फ लैजादै गरेको अवस्थामा जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर– ९ श्रीपुर गाउँनजिकको सडकबाट गाँजासहितको कार बिहान ४ बजे नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिवासका डिआइजी कृष्णभक्त बज्राचार्यले जानकारी दिनुभयो ।

डिआइजी बज्राचार्यकाअनुसार कारभित्र प्लाष्टिकले बेरेर पोका पारिएको २० केजीको ७ पोका, १० केजीको ४ पोका गरी जम्मा १ सय ८० केजी गाँजा र कार नियन्त्रणमा लिएको हो । प्रहरीले आवश्यक कारवाहीको लागि बरामद गाँजासहतिको कार जिल्ला प्रहरी कार्यालय बारामा बुझाउनुने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here