निजगढ,निजगढ सोमवार आपतकालीन रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगढ सिटी र लायन्स क्लब अफ निजगढ युथको संयुक्त आयोजनामा भएको सो रक्तदान कार्यक्रममा १ सय ३ जनाले रगतदान गरेको कार्यक्रम संयोजक खडगराज मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार ११ जना महिला र ९२ जना पुरुष गरी १०३ जनाले रक्तदान गरेका हुन ।जेनजी आन्दोलनको क्रममा घाइतेहरुको उपचारमा रगतको अभाव भएपछि आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकहरुले बताएका छन ।निजगढको शहीद चौकमा कार्यक्रम आयोजना गरिएको हो ।
















