कृष्ण मोहन साह
सेढवा – पर्साको ठोरी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा जडान गरिएको विद्युतीय हाजिरी प्रणाली उपयोग विहिन बनेको छ । ठोरी गाउँपालिकामा रहेको सबै सामुदायिक विद्यालयहरुमा एकबर्ष अघि सबै विद्युतीय हाजिरी लागू गरिएको थियो । गाउँपालिका कार्यालयले बिद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरुको लागी बिद्धुतिय हाजिरी उपकरण उपलब्ध गराएपछि केही महिना कार्यान्वयनमा आएका बिधुतिय हाजिरि अहिले प्रयोग मा नरहेको पाइएको छ ।
ठोरी गाउँपालिकामा रहेका नेरा प्राविधिक मावि दीपकनगर, सरस्वती मावि गौतमनगर, नेरा मावि ओडार, श्री मावि विजयवस्ती र ज्ञान वाटिका मावि सुवर्णपुरम बिद्धुतिय हाजिरी सन्चालन भएको थियो । प्रति उपकरण करीब २२ हजारका दरले पाँच वटा उपकरण खरीद गर्दा करीब १ लाख १० हजार खर्च भएको गाउँपालिकाले जनाएको छ । बिद्धुतिय हाजिरी प्रणाली लागू गरिएपछि शिक्षकहरु नियमित समयमा बिद्यालय नआउने समस्या हट्ने गाउँपालिकाले बिश्वास लिएको थियो ।
सामुदायिक बिद्यालयहरुमा शिक्षकहरु सधै अनुपस्थित हुने र बिद्यालय आएपनि निर्धारित समय सम्म नबस्ने गरेको गुनासो बढ्न थालेपछि गाउँपालिकाले बिद्धुतिय हाजिरी लागू गरिएको गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठले बताउनुभयो । उहाँले शिक्षाको गुणस्तर वृद्धि गर्न र बदलिँदो समय अनुसार प्रविधिमैत्री बन्न पनि बिद्धुतिय हाजिरी लागू गरिएको जानकारी दिदै बिधुतिय हाजिरी प्रयोगमा नआएको बारेमा आफुले शिक्षकहरुको भेला नै बोलाइ सोधखोज गर्ने र तत्काल पुन सन्चालनमा ल्याउने बताउनुभयो ।
गाउँपालिकाले बिद्धुतिय हाजिरी गर्दाको शिक्षकको बिद्यालय आउने जाने समयको गाउँपालिका कार्यालयमा तथ्यांक राख्ने गरेको थियो यद्यपि ईन्टरनेट नहुदा बिद्यालयमा नै रेकर्ड रहने तर गाउँपालिका कार्यालयसम्म सोझै पुग्ने गरेको थिएन । त्यस कारणले गर्दा पनि शिक्षकहरुले गाउँपालिकाको निर्णय लाई आफुखुसी गाउँपालिकामा जानकारी नै नगाराइ बिधुतिय हाजरी प्रयोग गरेका थिएनन् । विद्युतीय हाजिरी प्रयोग नगर्दा शिक्षकहरु ११ बजे आउने र १२ बजे नै घरजाने गरेका र कोहि कोहि शिक्षकहरु एक हप्ता एक पटक मात्रै आउने गरेको विद्यार्थी र अभिभावकहरुले गुनासो गरेका छन ।
बिद्धुतिय हाजिरी प्रणाली सकारात्मक भएको भएपनि बिजुली बत्तीको कारण समस्या निम्तिएको माध्यमिक बिद्यालयका प्रधानाध्यापकहरुले बताएका छन् । बिजुली बत्ति नियमित नहुदा उपकरणको ब्याट्री ब्याक अप १ घन्टा भन्दा पनि कम रहेकोले बिधुतिय हाजरी सन्चालनमा समस्या रहेको श्री मावि विजयवस्तिका प्रधानाध्यापक नारायण लामाले बताउनुभयो । प्रविधिमैत्री हाजिरी अत्यन्त सकारात्मक भएको टिप्पणी गर्दै प्रधानाध्यापक लामाले अब ईन्टरनेट र बैकल्पिक बिद्धुतको गाउँपालिकाले व्यवस्था गर्न सके हाजिरी प्रभावकारी हुने बताउनुभयो ।
तर, शिक्षक महासंघ ठोरी गाउँपालिकाका अध्यक्ष अमृत श्रेष्ठले भने गाउँपालिको लापरवाहीले नै समस्या भएको बताउदै गाउँपालिकाले बेलाबेलामा अनुगमन र निगरानी गरे अहिले पनि बिधुतिय हाजिरी सन्चालनमा आउन सक्ने बताउनुभयो ।