पुष्पराज खतिवडा

मनहर्वा,प्रहरीले बाराको कोल्हबी नगरपालिका अधवनास्थित एक चिरान मिलबाट चोरी तस्करी गरी ल्याइएको ठुलो परिमाणको सालको काठसहित दुईजना मानिसलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नम्बर ७ पल्टुवा बस्ने लक्ष्मण चौधरीका छोरा ३२ वर्षका कुन्दन चौधरी र सोही जिल्ला कटरिया नगरपािलका वडा नम्बर ९ डुमरिया बस्ने हरिन्द्र चौधरीको छोरा वर्ष २४ का राम सागर साह रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान जिल्लाको कोल्हवी नगरपालिका वडा नम्बर ६ अधनवास्थित एक समिलमा छापा मारेको प्रहरीले वनबाट अवैध रुपमा ल्याएको ६२.१५ क्युफिट सालको काठसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुरको कमाण्डमा सव डिभिजन वन कार्यालय कोल्हबी र सश्स्त्र प्रहरी बल कोल्हबीको संयुक्त टोलीले समिलमा छापामारी गरेको हो ।

 

विषेश सूचनाका आधारमा खटिएको प्रहरीले अनिषा स मिलबाट झ्याल– ७ थान, ढोका– २ थान, तयारी चौकस– १२ थान, सालका गोलाई– ४ थान र चिरेको काठ– ६ थान बरामद गरेको हो ।

बरामद काठ सवडिभिजन वन कार्यालय कोल्हबीमा बुझाइएको र पक्राउ परेकाहरुलाई सहजनाथ वन डिभिजन कार्यालय मधुवनमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here