वीरगन्ज,रोटरी क्लब अफ वीरगन्ज मेट्रोपोलिसले वीरगन्जस्थित नारायणी अस्पताललाई खाद्यान्न सामग्री सहयोग गरेको छ । क्लबले २०५ किलो चामल, १० किलो रहरको दाल, १० किलो मसुरको दाल, २५ लिटर खाने तेल, मसाला लगायतका सामग्री अस्पतालका निमित प्रमुख मेडिकल सुप्रिटेन्डेन्ट डा. उदय नारायण सिंह हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा क्लबका भुतपूर्व अध्यक्ष रो. शालिकराम प्रसाद र क्लबका सर्भिस प्रोजेक्ट डाईरेक्टर रो. अनिल जायसवालले लगायतको उपस्थिति रहेको थियो ।

यस अघि नारायणी अस्पताललाई नै स्वास्थ्य सामग्री वितरण गरेको क्लबले अस्पतालका कर्मचारी तथा बिरामीहरुका लागि उपयोगी हुने भन्दै खाद्यान्न सामाग्री सहयोग गरेको जायसवालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here