काठमाण्डौ,नेपाल सुपर लिग (एनएसएल) मा वीरगञ्ज युनाइटेड एफसीले काठमाण्डौ रेजर्स एफसीलाई हराएको छ ।बिहीवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा वीरगञ्जले काठमाण्डौलाई ४–१ गोलले हरायो । पहिलो हाफ १–१ को बराबरीमा सकिएकोमा दोस्रो हाफमा वीरगञ्जले ३ गोल ग¥यो ।खेलमा काठमाण्डौले शुरुवाती अग्रता लिए पनि जोगाउन सकेन । वीरगञ्जको जितमा विलियम ओपोकुले ह्याट्रिक गरे । योसँगै ओपोकु एनएसएलको दोस्रो संस्करणमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । उनले खेलको ४५, ५५ र ५७ औँ मिनेटमा गोल गरे । काठमाण्डौका जुनिएर ओन्गुइनले १ गोल गरे ।यो जितसँगै वीरगञ्जले ७ खेलमा ८ अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । वीरगञ्जले प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । ७ खेलमा ९ अङ्कसहित पाँचौँ स्थानमा रहेको काठमाण्डौको पनि प्लेअफ सम्भावना कायमै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here