नरेश गुप्ता
बरियारपुर,महागढीमाई फाउन्डेशन नेपालले महागढीमाई नगर क्षेत्रका विभिन्न स्थानमा सर्वसाधारण र बालबालिकाहरुलाई सोमबार मास्क, स्यानिटाजर तथा पौष्टिक आहार वितरण गरेको छ ।
कोभिड १९ संक्रमण सामुदायमा पनि फैलदै गएकोले स्वास्थ्य सतर्कता अपनाउन सर्वसाधारणलाई सुरक्षा सामग्री र बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको हो । फाउन्डेशनले महागढीमाई नगर क्षेत्रका विभिन्न १० स्थानमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको फाउन्डेशन नेपालकका सुनिल कुशवाहाले बताउनुभयो । महामारीबाट सर्वसाधारणलगायत बालबालिका सबैभन्दा बढी प्रभावित बनेकोले उनीहरुको सुरक्षाको लागि सुरक्षा सामग्री र पौष्टिक आहर वितरण गरिएको उहाँले बताउनुभयो ।
सर्वसाधारणलाई कोरोना संक्रमणबाट जोगाउन फाउन्डेशनले सामाजिक संजालमार्फत दाताहरुबाट रकम संकलन गरेर स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने अभियान चलाउदै आएको छ । फाउन्डेशनका अध्यक्ष कृष्ण गुप्ताको अध्यक्षतामा विभिन्न नगरका सार्वजनिक स्थान र चोकहरुमा पुगेर मास्क, स्यानिटाजर र पौष्टिक आहार वितरण गरिएको हो ।