सिमरा,अनेरास्ववियु बाराको अध्यक्षमा सरोज खनाल चयन हुनुभएको छ ।
सिमरामा शनिवार सम्पन्न २३ औं जिल्ला सम्मेलनले खनाललाई अध्यक्षमा चयन गरेको हो । त्यसैगरी उपाध्यक्ष शंकर यादव, सचिवमा हरि लामा, सहसचिवहरु निर्जल घिमिरे, बिनिसा अधिकारी, संगिता गौतम, कोषाध्यक्ष मुन्ना तिवारी र सदस्यहरुमा समिर लुइटेल र विज्ञान चापागाईलगायत चुनिनु भएको छ ।
यसअघि भएको उद्घाटन कार्यक्रममा अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले अधिवेशनको उद्धाटन गर्नुभएको थियो । प्रमुख अतिथि बरालले अनेरास्ववियु शैक्षिक आन्दोलन मात्रै नभएर राजनैतिक आन्दोलनको पनि नेता भएको दाबी गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्यहरु पुरुषोत्तम पौडेल, ज्वाला साह, अच्युत मैनाली, नेकपा एमालेका नेताहरु मनोज पौडेल, टेकप्रसाद चौलागाई र दुर्गा गौतम, अनेरास्ववियु मधेस प्रदेश संयोजक अन्जना सिवाकोटी, सहसंयोजक त्रिलोक विक्रम शाहलगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम जिल्ला जिल्ला संयोजक श्यामकृष्ण घिमिरेको सभापतित्वमा हरि लामाको सञ्चालन सम्पन्न भएको थियो । कार्यक्रममा अधिवेशनमा अनेरास्ववियुका पूर्वजिल्ला अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।