निजगढ,लामो समयसम्मको रस्साकस्सी र विवादका बाबजुद निजगगढमा वडा अधिवेशन सम्पन्न गरेको काग्रेशको नगर अधिवेशन भने फेरि अन्यौलमा परेको छ ।

केन्द्रीय तालिका अनुसार गत कार्तिक ३० गते नै सम्पन्न गर्नु पर्ने नगर अधिवेशनको मितिको अझै टुङ्गो लाग्न नसकेको हो । नगर सभापति महेशी कँुवरले जिल्लाबाट क्षेत्रीय प्रतिनिधिहरुको लिस्ट प्रमाणीकरण गरेर नआएकोले नगर अधिवेशन अन्यौलमा परेको हो ।

बारा क्षेत्र नम्बर १ को कोल्हबी र सिम्रौनगढ नगरपलिका नगरपालिकाका केही वडाहरुमा विवादका कारण वडा अधिवेशन सम्पन्न हुन नसेकोले जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निजगढबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरुको नामावली पनि प्रमाणीकारण गर्न नसकेको हो । पालिका अधिवेशन सम्पन्न हुन नसकेपछि क्षेत्रीय अधिवेशनको तालिका पनि प्रभावित भएको छ । केन्द्रीय समितिले पछिल्लो पटक सार्वजनिक गरेको तालिका अनुसार शुक्रबार क्षेत्रीय अधिवेशन गर्नु पर्ने हन्छ । जिल्ला निर्वाचन समितिले जिल्लाका सबै वडाको अधिवेशन सम्पन्न गरेपछिमात्रै पालिकाको निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने योजना बनाएको छ ।

अधिवेशनको मिति तय नभए पनि निजगढमा भने नगर सभापतीका प्रत्यासीले चुनावी प्रचार अभियान शुरु गरेको छन । वडामा जस्तै नगर कार्यसमितिको नेतृत्वमा चयनमा पनि काग्रेशभित्र संस्थापन र संस्थापन इतर पक्षबीच प्रतिस्पर्धा हुने भएको छ । पार्टी संस्थापन पक्षले हालका सभापती महेशी कुवरलाई र अर्को पक्षले नवराज तिमल्सिनालाई सभापती पदमा उठाउने तयारी गरेको छ । दुबैले सामाजिक सन्जाल फेसबुकमार्फत चुनावी प्रचार सुरु गरिसकेका छन ।

नगर सभापतीका दाबेदार कुवँरलाई काग्रेश नेता शम्भुबहादुर बुढाथोकीको समर्थन देखिएको छ भने तिमल्सिनालाई निजगढ नगरपालिकाका मेयर सुरेश खनाल पक्षको समर्थन छ । अधिवेशनले १ जना नगर सभापती, २÷२ जना उपसभापती, सचिव, सहसचिव र कोषाध्यक्षसहित ५१ सदस्यीय कार्य समति चयन गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here