कलैया,पचरौता नगरपालिकाले विपद् स्वयंसेवक परिचालन सम्बन्धी आधारभूत तालिम सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराको सहकार्यमा नगर प्रहरीलाई लक्षित गरी १८ दिने तालिम सञ्चालन गरिएको हातालिमको उद्घाटन गर्दै नगरप्रमुख जलन्धर सिंहले हरेक नागरिक विपद्सँग परिचित हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले विपद्पछिको अवस्था, पूर्व तयारी र सचेतनाका लागि तालिम प्रभावकारी हुने उल्लेख गर्नुभयो ।असार १५ गतेसम्म चल्ने तालिममा विपद् पूर्व तयारी, उद्धार, राहत तथा समन्वयसम्बन्धी व्यावहारिक अभ्यास गरिने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसी, गुल्मपति राजनलाल श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत बसन्तराज जोशी, शिक्षा सहायक मुकेशकुमार सिंहलगायत प्रशिक्षक र प्रशिक्षार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन सशस्त्र प्रहरी सहायक निरीक्षक दिनेश कुशवाहाले गर्नुभएको थियो ।

Leave a Reply