छिमेकी देश भारत, कोरोनााबाट अहिले आक्रान्त छ । यत्ति आक्रान्त छ कि अस्पतालमा उपचार गर्ने ठाउँ नभएर बिरामीहरुको मृत्युवरण भइरहेको छ । त्यसो त प्राणबायु वा अक्सीजनकै अभाव कारण मानिसकहरुको मृत्युदर अत्यास लाग्दो छ । गंगा नदीमा यत्रतत्र शवहरु रहेको खबर समेत मंगलबारमात्रै सार्वजनिक भएका छन् । यो दृष्यले नेपालीलाई पीडा मात्रै दिएको छैन सचेत हुनुपर्ने पाठ सिकाएको छ ।

तर, नेपालीहरुले अझै कोरोनालाई हल्का रुपमा नै लिएको पाइन्छ । त्यसो त नेपालमा पनि मृतकको संख्या र कोरोनाको अवस्था सामान्य छैन । प्रत्येक १० मिनेटमा एकजना नागरिकको मृत्यु भएको भन्ने खबर पनि सार्वजनिक भइरहेको छ । मृत्युको नियन्त्रणका लागि सरकारले चासो देखाएको पाइदैन । सरकारले त अझै हात उठाइसकेको अवस्था छ ।

अनि यस्तो अवस्थामा कसरी नागरिकहरुले सरकार भएको अनुभूति गर्ने ? त्यो त अहिले कोरोनाका कारण निमोनिया हुने र यसैका कारण ज्यान गुमाउनेहरुको संख्या अधिक छ । मानिस धेरै बाठो भएर घर वरपर रुख बिरुवा लगाउन त शहर बजारमा छाडिसकेका छन् भने गाउँमा भएका रुख पनि काट्दैछन् । अक्सीजनको जोहो नागरिक आफैले गर्नुपर्ने सरकारको तर्क छ अनि कसरी प्राणबायुले नागरिकहरुको जीवन जोगाउन सक्ला र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here