कृष्ण मोहन साह

सेढवा,प्रदेश नम्बर– २ कै पहिलो होमस्टे पर्साको ठोरी गाउँपालिका वडा नम्बर– ५ सुवर्णपुरका होमस्टे सन्चालकहरुलाई नयाँ भेरिएन्टको कोरोना भाईरसको जोखिम र स्वास्थ्य सुरक्षा सतर्कताबारे शनिवार अभिमुखीकरण गरिएको छ । तराई भूपरिधि कार्यक्रम (ताल ) को आर्थिक सहयोग तथा सुनाखरी मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुवर्णपुरमा सन्चालित एकदिने अभिमुखीकरण कार्यक्रममा होमस्टे सन्चालकहरुलाई कोरोना भाइरसको संक्रमणबाट कसरी बच्ने र समुदायमा संक्रमण फैलन नदिन अपनाउन सकिने उपायबारे जानकारी गराईएको उपभोक्ता समितिका सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

बढ्दो कोरोना संक्रमणका कारण होमस्टे सन्चालकहरु पनि संक्रमणको जोखिममा परेको भन्दै अभिमुखिकरण गरिएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देबीप्रसाद दाहालले बताउनुभयो । कार्यक्रममा १५ घरधुरी होमस्टे सन्चालकहरुको उपस्थिति थियो । ठोरी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष रामबहादुर पाख्रिनको प्रमुख आतिथ्यता एवम् सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष देबीप्रसाद दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा ठोरी गाउँपालिका स्वास्थ्य संयोजक रमेशराज थिङ, वडा सदस्य वीरबहादुर लोप्चन, होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शम्भुराम पौडेल लगायतको सहभागिता रहेको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका सचिव श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here