अनिल तिवारी
सिमरा , ३० फागुन । ईलाका प्रहरी कार्यालय सिमराले प्रेस लेखेको मोटरसाईकलबाट ९ सय थान लागु औषध सहित २ जना पक्राउ गरेको छ । तराईमा होली अवसर पारेर लुकाई छिपाई लगीरहेको अवस्थामा सिमरा प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका १५ बस्ने ३० वर्षीय जीतेन्द्र कुमार सिहं र भारत बिहार बस्ने २२ वर्षीय नासिर आलम रहेका छन् । प्रहरीले उनिहरुबाट ३ सय थान डाईजोपाम, ३ सय थान पिस–नुफिन र ३ सय थान फेनारगन बरामत गरेको हो ।

 

 

 

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीको कमाण्डमा चेकजाँचको क्रममा खटिएको टोलीले संकाको आधारमा सिमरा नेपाल बिधुत प्राधिकरण अगाडी गल्लीबाटो हुँदै लगीरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका सिहंले ना ६२ प ६२६७ नम्बरको प्रेस लेखेको मोटरसाईकलमा सो लागु औषध बिरगंजबाट पथलैया तिर लगिरहेको प्रहरी नायब उपरिक्षक पुरीले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई कानुन बमोजीम कारवाहि गरिने प्रहरीले जनाएको छ ।

Leave a Reply