करिव चार महिना अगाडिबाट नेपाली राजनीति निकै रन्थिनिएको छ । त्यसो त नेपाली राजनीति स्थिर रहेको उदाहरणहरु बिगतमा पनि कमै छन् । तैपनि एमाले र माओवादी पार्टी एक भएपछि कम्तीमा ५ वर्ष मुलुकमा राजनीतिक स्थिरता आउछ भन्ने नागरिकहरुलाई लागेको थियो तर नागरिकहरुको चाहनामाथि तुषारापात भइ नै सकेको छ । दोषि जो भएपनि ५ वर्ष सरकार टिकाउन नसक्नु यी दुबै दलको कमजोरी हो ।

फागुन २३ पछि एमाले र माओवादीको बाटो नै अलग भएको छ । यस्तो अवस्थामा राजनीति झनै पेचिलो बन्दै गइरहेको छ । यसबीचमा यही २७ गते प्रधानमंत्री केपी ओलीले बिश्वासको मत लिने बताएका छन् । यसले झनै राजनीतिक गर्मागर्मीलाई बढाएको छ । ओलीले बिश्वासको मत लिने भनेपछि झनै राजनीतिक रुपमा मुलुक तरंगित बनेको छ । ओली नेकपा एमालेका अध्यक्ष समेत हुन ।

तर, मुलुकमा कोरोनाको महामारी बढेको छ । कोरोनाका कारण मुलुक तहसनहस बनेको छ । यही बेला राजनीतिक सरगर्मी पनि बढेको छ । राजनीतिक दलहरुप्रति बिभिन्न टिप्पणी पनि भइरहेका छन् । कोरोनाको महामारीमा राजनीतिक दल, तिनका भातृ संगठन एवम् नेताहरुले समेत केही नगरी सत्ताको खेलमा अल्झिएको आरोप समेत लाग्न थालेको छ । कोरोनाको यो झेलमा सत्ताको खेलले जनताको मन कुँडिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here