आरके चौधरी
सखुवाप्रसौनी,
पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ स्थित जमुनीया टोलको बासघारीमा लुकाई राखेको अवस्थामा वन सुरक्षाकर्मीको टोलीले ५ थान सालको गोलाई बरामद गरेको छ । सबडिभिजन वन कार्यालय रङ्गपुरबाट सुबेदार प्रदिप तिमिल्सिनाको कमाण्ड खटेको टोलीले बुधबार बिहान ६ बजे बिशेष सुराकीको काठ बरामद गरेको हो । बरामद काठ अन्दाजी १५ क्युफिट रहेको छ ।
बरामद काठ थप कारबाहीको लागि रङ्गपुर पोष्टमा राखिएको सुबेदार तिमिल्सिनाले बताउनुभयो ।