राजन कुमार बानिया
पोखरिया – सशस्त्र प्रहरी बन्जारीले अवैध ३१ थान मोबाइल सेट बरामद गरेको छ । सशस्त्र प्रहरी बल भिस्वा बन्जारीका उमेश यादवको कमाण्डमा खटिएको टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर.५ भिस्वाबाट सोमबार चेकजाँच गर्ने क्रममा उक्त मोबाइल बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ भन्सार छली पैठारी गरी अवैध रुपमा ल्याउँदै गर्दा चेकजाँच टोलीलाई देख्नासाथ मोबाइल बोकेको व्यक्ति सामान छाडेर भागेपछि सोही स्थानमा उनले छाडेर गएका वेवारिसे अवस्थामा रहेको स्यामसुङ्ग कम्पनीको गुरु १२ सय मोडलका मोबाइल ३१ थान बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक हरिपराजुलीले बताए ।
बरामद गरिएको मोबाईल भन्सार कार्यालयमा बुझाइएको र उक्त सामानको मुल्य ७७ हजार ५ सय रहेको छ । पछिल्लो समयमा सशस्त्र प्रहरी बल भिस्वा बन्जारीले अवैध रुपमा भारतबाट नेपालतर्फ आउने विभिन्न सामानहरु बरामद गर्ने कार्यमा सक्रियता बढाउँदै गएको छ ।