मनहर्वा,बारा प्रहरीले विल बिजकभन्दा बढी र स्रोत नखुलेको तथा भन्सार छल्लीको अन्दाजी ६३ लाख १२ हजार ६०४ रूपैया बराबरको अवैध खुद्रा समानसहित ट्रक नियन्त्रणमा लिएको छ ।बुधवार राती प्रहरीले राजमार्ग चेकजाँचका क्रममा ना ८ ख ६९०५ न.को डिब्बा ट्रक र ५ सहित ६ वटा सवारी साधनमाथि कारबाही गरेको थियो । ट्रकमा बिल बिजक भन्दा बढी स्रोत खुलाउन नसकेको विभिन्न खुद्रा सामान फेला परेपछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिएको ट्रकसहित सामानको मूल्य अन्दाजी ६१ लाख ७२ हजार ६०४ रहेको बताइएको छ ।यस्तै कारबाहीमा परेका यात्रुवाहक बसबाट प्रहरीले १ हजार ५१० किलो प्याज बरामद गरेको छ । बिलबिजक बिना यात्रु बसमा लोडगरी लुकाईछिपाई विभिन्न गन्तव्यमा लैजाँदै गरेको अन्दाजी १ लाख ४० हजार मुल्य बराबरको प्याज नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।सडक चेकजाँचमा ईलाका प्रहरी कार्यालय जीतपुर, अमलेखगंज र प्रहरी चौकी पथलैयाबाट प्रहरी टोली खटिएको थियो । अवैध कारोबार नियन्त्रण गर्न प्रहरीले जिल्लाका विभिन्न स्थानमा दैनिक रुपमा सडक चेकजाँच गर्ने कार्य गर्दैआएकोे डिएसपी न्यौपानेले बताउनुभयो ।


















