सिगौंल,निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलमा मंगलबार चुरे क्षेत्र संरक्षण तथा व्यबस्थापन सम्बन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । डिभिजन वन कार्यालय बाराको सहयोग र केएस मल्टिप्रपोज प्रा.लि पर्साको आयोजनामा भएको सो कार्यक्रम सिंगौलस्थित जनता सभा हलमा भएको हो । कार्यक्रममा चुरे क्षेत्र विनासको कारणबाट सिंगौलका स्थानीयले बेहोर्नु परिरहेको समस्याबाट कसरी बच्ने र क्षेति न्यूनीकरणकोलागि गर्नुपर्ने कामको बारेमा छलफल भएको थियो । अन्तरक्रिया कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशवप्रसाद उपाध्याय वनदेबी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सिद्धबहादुर थापा तथा सहभागी स्थानीयले चुरे संरक्षण सम्बन्धित आफना धारणा राख्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा वनदेबी सामुदायिक वनका सदस्य र स्थानीय गरी २९ जनाको सहाभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here